News Category 2076/07/08
माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
तिहारका लागि घर लिपपोत गर्न माटो लिन गएकी एक बालिकाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने दुई बालिका घाइते भएकी छिन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका ११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीय छोरी पुष्पा कुमारी सरदारको शुक्रबार विहान माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
बिहान १० बजे तिर घरदेखि केही दुरीमा रहेको खोला नजिकै माटो लिन गएको बेला अचानक माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
यस्तै सोही घटनामा स्थानिय लागु सरदारकी १५ वर्षीय छोरी मन्त्रीता सरदारको देब्रे खुट्टा पुरै चुडिएर घाइते छिन । त्यस्तै मनिलाल सरदारको १७ वर्षीय छोरी सुस्मिता सरदारको समेत हात र खुट्टामा चोट लागेको डिएसपी भारतीले बताए ।
घाइते मन्त्रीताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । यस्तै सुस्मिताको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ