News Category 2076/07/08
माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
तिहारका लागि घर लिपपोत गर्न माटो लिन गएकी एक बालिकाको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने दुई बालिका घाइते भएकी छिन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका ११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीय छोरी पुष्पा कुमारी सरदारको शुक्रबार विहान माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
बिहान १० बजे तिर घरदेखि केही दुरीमा रहेको खोला नजिकै माटो लिन गएको बेला अचानक माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
यस्तै सोही घटनामा स्थानिय लागु सरदारकी १५ वर्षीय छोरी मन्त्रीता सरदारको देब्रे खुट्टा पुरै चुडिएर घाइते छिन । त्यस्तै मनिलाल सरदारको १७ वर्षीय छोरी सुस्मिता सरदारको समेत हात र खुट्टामा चोट लागेको डिएसपी भारतीले बताए ।
घाइते मन्त्रीताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । यस्तै सुस्मिताको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ