News Category 2076/07/09
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
राजविराज÷सप्तरी प्रहरीले तीन महिनाको अवधिमा ५० लाख बढीको अबैध मालसामानसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक बाल र एक महिला समेत छन् ।
भारतसँग खुल्ला सीमा नाका भएका कारण हुने चोरी–तस्करी नियन्त्रण गर्न प्रहरीले आफ्नो सक्रियता बढाएपछि सो मुल्य बराबरको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ ।
नाका क्षेत्रमा प्रहरीले निगरानी तथा कडाई गरेपछि भन्सार छली चोरी तस्करी गरी ल्याइएको ५० लाख ८६ हजार ८ सय ९९ रुपैया मुल्य बराबरको विभिन्न सरसामान बरामद गर्नुका साथै चोरी तस्करीमा संलग्न एक महिला सहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आ.व. २०७६÷०७७ को साउन, भदौं र असोज तीन महिनाको अवधीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्राईएको भन्सार चोरी पैठारी विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी सवारी तथा मोटरपार्टस तर्फ २८ लाख ६ हजार ५ सय मुल्य बराबरको सरसामान नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।
.jpg)
यस अवधिमा भंसार छली ल्याउन लागिएको १३ लाख २७ हजार ७५ रुपैयाको किराना सामग्री तथा ३ लाख १६ हजार ५ सय ८४ रुपैया मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको छ ।
सोही अवधिमा पशु चौपाया चोरी तस्करी तर्फ ४ लाख ५० हजार र मोबाईल तथा विद्युती उपकरण तर्फ १ लाख १० हजार मुल्य बराबरको सरसामान जफत गरी भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उल्लेखित अवैध सरसामान जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतका क्षेत्रबाट बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
सिमा क्षेत्रमा गरिएको कडाईले राजश्व असुलीमा समेत बृद्घि भएको जानकारी दिएका प्रहरी उपरिक्षक प्रसाईले नाकाहरुमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निगरानी र कडाई गरेपछि एक पछि अर्को सफलता प्राप्त भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ