News Category 2076/07/09
पचास लाख बढीको अवैध मालसमान बरामद, चोरी तस्करीमा संलग्न एक महिलासहित १३ पक्राउ
राजविराज÷सप्तरी प्रहरीले तीन महिनाको अवधिमा ५० लाख बढीको अबैध मालसामानसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक बाल र एक महिला समेत छन् ।
भारतसँग खुल्ला सीमा नाका भएका कारण हुने चोरी–तस्करी नियन्त्रण गर्न प्रहरीले आफ्नो सक्रियता बढाएपछि सो मुल्य बराबरको अवैध मालसामान बरामद भएको प्रहरीले जनाएको छ ।
नाका क्षेत्रमा प्रहरीले निगरानी तथा कडाई गरेपछि भन्सार छली चोरी तस्करी गरी ल्याइएको ५० लाख ८६ हजार ८ सय ९९ रुपैया मुल्य बराबरको विभिन्न सरसामान बरामद गर्नुका साथै चोरी तस्करीमा संलग्न एक महिला सहित १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आ.व. २०७६÷०७७ को साउन, भदौं र असोज तीन महिनाको अवधीमा भन्सार छली अवैध रुपमा भारतबाट नेपाल भित्राईएको भन्सार चोरी पैठारी विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी सवारी तथा मोटरपार्टस तर्फ २८ लाख ६ हजार ५ सय मुल्य बराबरको सरसामान नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।
.jpg)
यस अवधिमा भंसार छली ल्याउन लागिएको १३ लाख २७ हजार ७५ रुपैयाको किराना सामग्री तथा ३ लाख १६ हजार ५ सय ८४ रुपैया मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको छ ।
सोही अवधिमा पशु चौपाया चोरी तस्करी तर्फ ४ लाख ५० हजार र मोबाईल तथा विद्युती उपकरण तर्फ १ लाख १० हजार मुल्य बराबरको सरसामान जफत गरी भंसार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उल्लेखित अवैध सरसामान जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, खडक नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिका, बलान बिहुल गाउँपालिका, विष्णुपुर गाउँपालिका लगायतका क्षेत्रबाट बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिए ।
सिमा क्षेत्रमा गरिएको कडाईले राजश्व असुलीमा समेत बृद्घि भएको जानकारी दिएका प्रहरी उपरिक्षक प्रसाईले नाकाहरुमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले निगरानी र कडाई गरेपछि एक पछि अर्को सफलता प्राप्त भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ