News Category 2076/07/13
हत्याको आरोपमा बाबु छोरा पक्राउ
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
सप्तरीको कंचनरुप नगरपालिका ५ का २३ बर्षिय अजय मुखियालाई हत्या गरि खाल्डो खनी गाडेर वेपत्ता पारेको अभियोगमा सप्तरी प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ ।
पक्राउ परेका कंचनरुप नगरपालिका ५ का ३६ बर्षिय श्रीलाल सरदार र उनका १९ बर्षिय छोरा बिजय सरदारलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।
मृतकका बुबा जनक मुखियाले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छोरा हराएको दिएको निवेदन दिएको आधारमा बेपत्ता भएका अजयकुमार मुखियालाई शङ्कास्पद स्थानमा खोजतलास गर्ने गराउने क्रममा कञ्चनरुप नगरपालिका ५ स्थित उत्तरतर्फ त्रियुगा नदीकै किनारमा ५ फिट मुनि खाल्डो खनी माटोमा गाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
यता घटनामा संलग्न बाबु छोरासहित ५ जनाले घरबाट मुखियालाई बोलाई लगेको तथा सोही दिनदेखि उनी वेपत्ता रहेको भनी मृतकका बुबा जनक मुखियाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
सो जाहेरीको आधारमा खोज तलास सुरु गरेको प्रहरीले उदयपुरको कटारीबाट कात्तिक ९ गते श्रीलाल सरदारलाई पक्राउ गरेको थियो भने उनकै बयानका आधारमा प्रहरीले कात्तिक १० गते उनको छोरा बिजयलाई पनि आप्mनै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।
बदेलको सिकार खेल्न गाउँ नजिकैको जंगलमा गएका बेला करेन्ट लागेर अजयको मृत्यु भएको अनुसन्धानका क्रममा पक्राउ परेका बाबुछोराले बताएको प्रहरीले जानकारी दिएको छ ।
बाबु छोराले बदेल मार्ने योजना अनुरुप जङगल छेउकै धानखेतमा बिजुलीको उपकरण मार्फत करेन्टको बार लगाईएको र त्यसमा बदेलको सट्टा अजय नै परेको बयान दिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
उनका अनुसार सुरुमा श्रीलाल सरदारले घटना लुकाउन अजयको शव कंचनरुप नगरपालिका ५ स्थित त्रियुगा नदीको किनारमा बालुवा मुनी गाडेको बताएका थिए । तर उनको भनाईको आधारमा सो स्थानमा पुगी प्रहरीले उत्खनन गर्दा अजयको लुगा मात्र फेला परेको थियो ।
त्यसपछि प्रहरीले उनको छोरा बिजयलाई छुट्टै राखेर केरकार गरेपछि थप रहस्य खुल्दै गयो । बिजयले सुरुमा अजयको शव बुवा श्रीलालले बताएकै ठाउँमा गाडेपनि १ फिट मात्र खनिएर गाडिएकाले गन्हाउने र प्रहरीले चाल पाउने आशंकाले भोली पल्ट त्यहाँबाट झिकेर अजयको शव ५ किलोमिटर टाढा पु¥याइ त्रियुगा नदीकै किनारमा १० फिट गहिरो खाडल खनेर पुनः गाडेको खुलासा गरेका थिए ।
बिजयको बयानको आधारमा मंगलबार पुगेको प्रहरी टोलीले सो ठाउँको उत्खनन गर्दा अजयको शव फेला पारेको हो । यता बरामद शव पोष्टमार्टमका लागी धरान स्थित बि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिदै घटनामा संलग्न अन्य तीन जना फरार रहेकाले खोजी कार्य तिब्र बनाइएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ