News Category 2070/11/18
सप्तरीमा २१ प्रतिशत बालबालिका कुपोषित
राजविराज÷सप्तरीमा २१ प्रतिशत बालबालिकाहरु कुपोषित रहेको एक तथ्याङकले देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले तयार गरेको तथ्याङकमा त्यसमध्ये ३ प्रतिशत बालबालिकाहरुलाई तत्काल स्वास्थ्य उपचार आवश्यक रहेको देखाएको छ ।
गरिबी, अशिक्षा र जनचेतनाका कारण जिल्लामा कुल बालबालिकाहरु मध्ये ६ महिनादेखि ५ बर्षसम्मका ६२ हजार १ सय ५० बालबालिकाहरु कुपोषणको शिकार रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको तथ्याङकमा उल्लेख छ ।
सोमध्ये ३ प्रतिशत अर्थात १ हजार ८ सय ६४ जना बालबालिकाहरु कडा कुपोषणबाट पीडित छन् भने २१ प्रतिशत अर्थात ११ हजार १ सय ८७ जना बालबालिकाहरु मध्यम कुपोषणबाट ग्रसित रहेको तथ्याङकमा उल्लेख छ ।
कडा र मध्यम दुबै प्रकारको कुपोषणबाट २१ प्रतिशत अर्थात १३ हजार ५१ जना बालबालिका पीडित छन् ।
कुपोषणको शिकार भएका बालबालिका मध्ये ३ हजार ६ सय कडा कुपोषित बालबालिकाहरुलाई डेढ बर्षको अबधीमा उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजयकुमार झाले जानकारी दिनुभयो ।
आगमी दुई महिनाभित्र करिब ९० प्रतिशत कुपोषित बालबालिकाहरुलाई उपचार गरिने लक्ष्य लिएको प्रमुख झाको कथन छ ।
कुपोषणको दृष्टिकोणले सोभालिया र अफ्रिका भन्दा पनि नाजुक अवस्थामा सप्तरी रहेकोले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले कुपोषणको बिकराल समस्या समाधानका लागि प्रचारात्मक, रक्षात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख झाको भनाई छ । युनिसेफको सहयोगमा एसिएफले कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य उपचार र जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख झाको भनाई छ ।
कुपोषित बालबालिकाहरुको उपचारका लागि नेपाल युथ फाउन्डेशनको सहयोगमा बिगत तीन बर्षदेखि राजविराजमा पोषण पुर्नस्थापना गृह सञ्चालनमा छन् ।
महिला बातावरण तथा ग्रामिण बिकास संस्थाको सहकार्यमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्राङगणमा सञ्चालित पोषण पुुर्नस्थापना गृहले बिगत तीन बर्षको अबधीमा ४ सय १३ कुपोषित बालबालिकाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएको पोषण पुर्नस्थापना गृहका प्रमुख रश्मि झाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ