News Category 2076/07/14

भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन

दैनिक समाचारदाता

भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
    भारत्तोलन खेलका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दर यादवको बिहीबार दिउँसो असमायिक निधन भएको छ । 
    राजविराज ९ मलेठ विषहरिया निवासी ५५ वर्षिय यादवको आफ्नै निवासमा खेतमा काम गर्दा गर्दै अचानक लडेर निधन भएको भारत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले जानकारी दिएका छन् । 
    जिल्ला भारत्तोलन संघ सप्तरीका सदस्य तथा भारत्तोलनका राष्ट्रिय रेफरी समेत रहेका देवसुन्दरको निधनले भारत्तोलन खेलमा अपूर्णिय क्षति पुगेको जिल्ला भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश कुमार यादवले बताए । उनका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । 

प्रतिकृया दिनुहोस