News Category 2076/07/14
सप्तरीका बिवेक १९ बर्ष मुनिको क्रिकेट टोलीमा

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
१९ बर्ष मुनिको च्यालेन्र्जस ट्रफी क्रिक्रेट प्रतियोगिताका लागि सप्तरीका बिबेक यादव पर्न सफल भएका छन् ।
ऋत गौतमको कप्तानीमा चयन भएको उक्त टोलीमा घरेलु क्रिकेटमा स्तरीय प्रर्दशन गर्दै आएका बिवेक निरन्तर बन्दशिविरमा पर्दै आए पनी यस पटक राष्ट्रिय टोलिमा पर्न सफल भएका हुन् ।
राजविराजको राजदेवी क्रिकेट एकेडेमीबाट आप्mनो क्रिकेट जिवनको शुरुवात गरेका बिवेक घरेलु क्रिकेट बजाज खडक वारियर्सका तर्फबाट खेल्दै आएका छन् । १६ बर्षिय बिवेक मिडियम पेस बलिंग तथा मध्यक्रमका आक्रमक ब्याट्सम्यान हुन ।
बुधवार घोषणा भएको १६ जनाको टोलिको कप्तानमा ऋत गौतम, लोकेस बहादुर बम, तिर्थराज दास, बिशाल बिक्रम केसि, खडग बहादुर बोहोरा, अभिशेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुसल मल्ल, सुर्य तामांग, शेर मल्ल, आकास चन्द, प्रतिश जिसि, गौतम केसि र तिलक राज भण्डारी लगायतका खेलाडि छन भने बैकल्पीक खेलाडिमा दिपक बोहोरा, र्दुगेस गुप्ता, निखिल कुमार सिंह र सोनु देवकोटा लगायतलाई राष्ट्रिय खेलकुद परिषदका प्रमुख प्रशिक्षक जगत टामाटा, १९ बर्ष मुनिका राष्ट्रिय टोलिका प्रशिक्षक बिनोद दास र छनौट समिति सदस्य राजु खडकाले चयन गरेका हुन ।
नेपाली टोलि अगामी नोभेम्वर ९ मा भारतको हैदरावाद प्रस्थान गर्ने छ भने प्रतियोगिता नोभेम्वर ११ देखि १७ सम्म संचालन हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ