News Category 2076/07/19
जंगली हात्तीद्वारा एक दर्जन बढी घरमा क्षति

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट आएका जंगली हात्तीले सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका र कंचनरुप नगरपालिका क्षेत्रमा एक दर्जन बढी घरमा क्षति पु¥याएको छ । जसकारण स्थानिय त्रासमा छन्् ।
हात्तीले आतंक मचाउँदै शनिबार सो गाउँपालिकाको ७, आईतबार ६ घरमा तथा आइतबारै कंचनरुप नगरपालिका ६ जमुवा टोलमा एक घरमा क्षति पु¥याएको छ ।
दुई दिनको अवधिमा जंगली हात्तीले सो गाउँपाकिलाको वडा ६ स्थित तिलक खतरी, कमान सिंह मगर, रोमा परियार, दुखी यादव, सत्य नारायण मण्डल, आनन्द सदा, पंचु सदा, मंजु कार्की लगायत १३ घरमा क्षति पु¥याएको छ भने २० विघा भन्दा बढी जमिनमा लगाईएको धान र तरकारी बाली नष्ट गरेको पीडितहरुले बताएका छन्् ।
त्यस्तै कंचनरुपका धनेश्वर चौधरीको घरमा दुई वटा जंगली हातीहरुले फुसको भान्सा घर भत्काई अन्नपात समेत खाएका छन्् ।
सो घटनामा मानविय क्षति भने नभएको डिएसपी तिलक भारतीले बताए । बस्ती आसपास जङगल भएकाले र जङगली हात्तीको बासस्थल पनि बन्ने गरेकाले पटक पटक हात्तीको आतंक सहनु परेको स्थानिय मंजु देवी सदाले बताईन ।
हात्तीको एकपछि अर्को आतंक पछि गाउँले त्रासमा जाग्राम बस्न थालेका छन्् । हात्तीले अन्नबाली र घरमा क्षति पु¥याउन थालेपछि आफुहरुको भोक र निन्द्रा दुवै हरेको स्थानिय सत्य नारायण मण्डलले सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ