News Category 2076/07/19
बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै
चन्दन कुमार यादव
राजविराज, १८ कात्तिक ।
राजबिराजमा केही बर्षदेखि बालवालिकाहरूको क्रिकेट प्रतिको मोह बढ््दै गएको छ ।
एक समय सप्तरीको भूमिलाई क्रिकेटको उर्वराको रूपमा मानिने यस भुमीमा पुनः क्रिकेटको मोह बढेको छ ।
अहिले पबिमाबि र राजरंगशालाको खेलमैदानमा बनाईएको कंक्रिट पिचमा स्कुले बालवालिकाहरू क्रिकेट खेल्दै उत्साहित बनेका छन्् । विभिन्न बिद्यालयमा अध्ययनरत उनीहरू नियमित क्रिकेट अभ्यास गर्दैछन्् ।
उनीहरूलाई पूर्व अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरी, राष्ट्रिय खेलाडी धर्मेन्द्र चौधरी, पवन दास, गजेन्द्र माझीले सहजीकरण गरिरहेका छन । प्रत्येक दिन क्रिकेट सिक्ने १० बर्ष देखि १६ बर्ष उमेर समुहका ४० जना सम्म सहभागी हुन्छन ।
उनीहरू बिहान ६ बजे देखि ८ बजे सम्म र दिउसो साढे ३ बजे देखि ६ बजे सम्म सिकाउने गरेको प्रशिक्षक धर्मेन्द्र चौधरीले बताए ।
यता प्रशिक्षक चौधरीसँग ३ बर्ष देखी अभ्यास गर्दै आएको रोहन बिकले सन २०१९ मा यु १६ अन्तराष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा छनोट भई खेलिसकेका छन ।
यसैगरी अर्का यु १६ राष्ट्रिय टोलीमा पर्न सफल खेलाडी प्रशान्त केसी पनि यसै मैदानमा बिगत ४ बर्ष देखि अभ्यास गर्दै टोलीमा पर्न सफल भएका छन ।
त्यस्तै ५ बर्ष देखि कलिलै उमेरमा नियमित अभ्यासमा रहेको सप्तरीका उदयमान खेलाडी बिवेक यादब अन्डर १९ राष्ट्रिय टिममा पर्न सफल भएका छन ।
अर्काे महिना भारतको हैदरावादमा हुने प्रतियोगितामा उनी टिममा पर्न सफल भएका छन । उनको लगन र कडा मेहिनेत, नियमित अभ्यासले राष्ट्रिय टोलीमा छनोट भएको क्रिकेट संघका अध्यक्ष आयुष बताछन ।
दुई बर्षदेखिको उमेरमा नियमित अभ्यासमा रहेका, आशिष झा, विशाल यादब, अजय यादब सप्तरीका उदयमान खेलाडीको रूपमा लिएको बताउदै प्रशिक्षक चौधरीले भने, “उनीहरू चाडै जिल्लास्तरिय टिममा आउन सक्ने खेलाडीको रूपमा हेरिएको छ ।”
वालवालिकालाई उनीहरूको स्तरअनुसारको खेल सिकाईन्छ, कोण राख्न, डिफेन्स गर्न, ब्याटिंग, बलिंग गर्न, फिल्डिंग, बललाई एक्सन मिलाउन, नेटमा हान्न, ड्रिल गर्न, मात्र नभई उनीहरूको फिजिकल फिटनेस अनुसार ब्याम समेत गराउने गरेको प्रशिक्षक चौधरी बताछन ।
खेलाडीहरूले खुल्ला अनि, नेटमा अभ्यास गर्दा उनीहरूको निखारमा परिवर्तन सँगै राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बिश्वास लिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ बताउछन ।
यसरी अभ्यास गर्दै जादाँ राम्रो खेलाडीलाई सेलेक्सन गरेर जिल्ला स्तरिय, अन्डर १६, १९ तथा प्रदेश स्तरिय प्रतियोगिताहरूको लागि क्याम्पमा राखेर प्रतियोगिताहरूमा सहभागिता गराउदै आएको सप्तरी क्रिकेट सँघका उपाध्यक्ष समेत रहेका धर्मेन्द्र चौधरीको कथन छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2079/03/15 लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
- 2079/03/15 १२ वर्षिया बालिकालाई करणी गरि फरार अभियुक्त पक्राउ
- 2079/03/15 धान रोपेर दिवस मनाइयो
- 2079/03/15 वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता रोकियो
- 2079/03/14 सप्तरीका पाँच पालिकाले सभा गर्न सकेनन्
- 2079/03/14 चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै
- 2079/03/14 माओवादी केन्द्र सप्तरीमा कोही पनि अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
- 2079/03/14 सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
- 2079/03/14 गुडिरहेको ट्रकमा आगलागी
- 2079/03/14 कोशीमा पानीको बहाव बढ्यो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ