News Category 2076/07/20
तिलाठी कोइलाडी गापाको विवाद उत्कर्षमा, अध्यक्षले अनियमितता गरे ः उपाध्यक्ष यादव, आरोप प्रमाणित गरेर देखाऊ ः अध्यक्ष सिंह
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक वर्ष बढी समयदेखी भइरहेको आन्तरिक विवाद अब उत्कर्षमा पुगेको छ ।
गाउँपालिकामा मै सीमित सो विवाद बारे राजपाबाट उपाध्यक्षमा निर्वाचित सुचिता यादवसहित विपक्षि दलका स्थानीय नेताहरुले अध्यक्ष सत्तिश कुमार सिंहले सरकारी ऐन, नियम कानुनलाई स्मिचेर मनपरी ढंगले बजेटको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्ष यादवसहित काँग्रेस, नेकपा, राप्रपा, राजपा, समाजवादि पार्टी लगायत राजनीतिक दलका स्थानीय नेता तथा वडा अध्यक्षहरुले सो आरोप लागाएका हुन ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष यादवले अध्यक्ष सिंहले आफू लगायत अन्य केही वडा अध्यक्ष तथा सदस्यहरुलाई समेत कुनै जानकारी नदिई आफूखुसी बजेटको दुरुपयोग गरिरहेको आरोप लगाएकी छिन् ।
अध्यक्ष सिंहले कार्यालयको सम्पूर्ण गतिविधि र सुचना समेत लुकाई आफूखुशी काम गर्दै आएकोमा सो कामहरु बारेमा जानकारी पाउनका लागि निवेदन दिँदा समेत त्यस सम्बन्धी सूचना दिन आलटाल गरेको उनले आरोप लगाईन ।
सिंगो गाउँपालिकाको बजेट निर्माण जस्तो शिर्षकमा समेत अध्यक्ष सिंहले आफुलाई पाखा लगाई मनपरि ढंगले विभिन्न शिर्षकमा बजेट छुट्याएको तथा स्वीकृत दरबन्दी बाहेक आफन्तलाई करार र डोर हाजिरीमा नियुक्त गरेको आरोप पनि लगाईन ।
नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका राजिव झालाई समेत अध्यक्ष सिंहले अख्तियारी नदिई स्उनको सरुवाको प्रयासमा लागेको आरोप लगाउँदै सम्पूर्ण कागजातहरु आप्mनै जिम्मामा राखेकाले कार्यालय संचालन गर्न कठिन भएको बताईन । यता विगत चार महिनादेखि गाउँपालिका मातहतका झण्डै २ सय कर्मचारीले तलब समेत पाउन नसकेको उनले जानकारी दिईन ।
यस्तै सोही पत्रकार सम्मेलनमा स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका प्रत्यासी समेत रहेका अरुण कुमार मण्डलले मन्त्रालयबाट खटिआएका प्रमुख प्रशासकिय अधिकृत झालाई जिम्मेबारी दिनुको सट्टा अध्यक्ष सिंहले सरुवा गराउन तर्फ बढी केन्द्रित भएको बताए । उनले गाउँपालिकाबाट धेरै बेथिति र भ्रष्टाचार भएको दावी गर्दै त्यसको उच्च स्तरिय टोलीबाट छानविन हुनु पर्ने माग पनि गरे ।
यता राजपाबाटै निर्वाचित अध्यक्ष सिंहले आरोप प्रमाणित गरेर देखाउन चेतावनी दिँदै प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर हुन आएका राजिव झा विवादित व्यक्ति भएकोले उनलाई जिम्मेवारी र अख्तियारी नदिएको स्पष्ट पारेका छन् ।
आफ्नै पार्टीका उपाध्यक्ष यादवसहित केहि व्यक्तिद्वारा पत्रकार सम्मेलन गरी लगाईएको आरोप निराधार रहेको उनको दावी छ । उनले आफुबाट हाल सम्म भएका कामकाज सबै पारदर्शी ढंगले सम्पन्न भएको तथा सवै काम कानून र अधिकार क्षेत्रमै रहेर गरेकोे दाबी गरे ।
उनले भने, “यसअघि सप्तरीकै अग्नीसाईकर कृष्णाशवरण र राजगढ गाउँपालिकामा कार्यरत रहँदा प्रमुख प्रशासकिय अधिकृत झा निकै विवादित बनेका थिए । त्यस्तो विवादित व्यक्तिलाई राखेर आफु पनि विवादमा फस्ने भएकाले उसको सरुवा अन्यत्र गराउन सम्बन्धित मन्त्रालयमा आवश्यक पहल गरेका छौं ।”
पत्रकार सम्मेलनमा नेकपाका बालेश्वर झा, राप्रपा संयुक्तका निशान्त कुमार सिंह, तिलाठी कोईलाडी गाउँपालिका वडा १ का अध्यक्ष दिनेश्वर मिश्र, राजपाका महेन्द्र खंग, सुर्जित सिंह, निरज मुक्ति, समाजवादी पार्टीका सत्य नारायण मुखिया लगायतले अध्यक्ष सिंहले मनोमानि ढंगले काम गरिरहेको आरोप लगाउँदै छानविनको माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ