News Category 2070/11/19
हुलाक सेवालाई प्रतिस्पर्धी बनाउनुपर्नेमा हुलाक प्रमुखहरुको जोड
दैनिक संवाददाता
राजविराज, १८ फागुन ।
हुलाक सेवालाई प्रतिस्पर्धी, व्यवसायी, सक्षम, सबल र समुन्नत बनाउनुपर्ने पूर्वाञ्चल क्षेत्रका हुलाक सेवा कार्यालयका प्रमुखहरुले जोड दिएका छन् ।
पुर्वाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयको आयोजनामा आइतबार राजविराजमा आयोजित हुलाक सेवाको क्षेत्रीय स्तरको भावी संगठन संरचना, टेलिसेन्टरको प्रभावकारीता तथा डाँक सेवा अद्याबधिक गराउने बिषयक एक दिने क्षेत्रीय गोष्ठीमा सहभागि पुर्वाञ्चलका जिल्ला हुलाक कार्यालयका प्रमुखहरुले सो कुरामा जोड दिएका हुन् ।
परिवर्तित परिस्थिति अनुसार सेवाग्राहीको माग र चाहना बमोजिम सेवा प्रवाह गर्नु आवश्यक रहेकोमा समेत उनीहरुले जोड दिए ।
सरकारी संरचनाभित्र हुलक सेवाको छुट्टै पहिचान राख्ने गरी संरचना निर्माण गरी हुलाकभित्रका समस्याहरलाई सम्बोधन हुने किसिमको स्पष्ट नीति ल्याउनुपर्ने औल्याउँदै डाँक सेवा परिमार्जन तथा बोझिलो बन्दै गएको हुलाकलाई समेत परिमार्जित र परिस्कृत गरि उच्चस्तरीय संयन्त्र तयार गर्ने नीति निर्माण गरि तत्काल कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख केशब प्रसाद रिजालले मुलुकको राजनीतिक अवस्था, अस्थिर सरकार, फितलो प्रशासन, व्यापक भ्रष्टाचार, हुलाक सेवाप्रति सेवाग्राहीबाट निराशाजनक धारणा, उदासिनताका बाबजुदसँगै पुरानो सोच र शैलीमा गुज्रिरहेका कारण हुलाक सेवा जर्जर बन्दै गएको उल्लेख गर्नुभयो ।
उहाँले आर्थिक उदासिनता, पुराना ऐन कानुन तथा नियमावली परिमार्जन नहुनु, सरकारी संयन्त्रमा हुलाक सेवाप्रति उदासिनता र समयसापेक्ष बजेट बिनियोजन हुनजस्ता कारणले हुलाक सेवामा काम गर्ने कर्मचारीको मनोबल खस्किदै गएको प्रति चिन्ता ब्यक्त गर्दै संगठनात्मक दृष्टिले हुलाक आवश्यकता भन्दा ठुलो भएपनि बैज्ञानिक आबिष्कारबाट संचार माध्यमहरुको गुणस्तरी बृद्धिबाट सेवाग्राहीहरुले पाएको सेवा सुबिधाको सामु हुलाक सेवा बोझिलो बनेको टिप्पणी गर्नुभयो ।
यस्तै जिल्ला हुलाक कार्यालय सप्तरीका प्रमुख दक्ष नारायण श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर सेवाहरुलाई प्रभावकारी नबनाएसम्म सेवाग्राहीको बिश्वासलाई जित्न नसक्ने बताउनुहुँदै हुलाक सेवामा पछिल्लो चरणमा टेलिसेन्ट, साइबर, अटोमेसिन, हुलाक बचत, धनादेश लगायतका सेवामा नयाँ प्रबिधी र नयाा सोचका अघि बढाउन खोजिएपनि पुराना ऐन कानुनमा परिमार्जन आवश्यक रहेकोमा जोड दिनुभयो ।
सो कार्यक्रममा जिल्ला हुलाक कार्यालय पाँचथरका प्रमुख देवी प्रसाद अधिकारीले यातायातको पहुँच पुगेका जिल्लाहरुमा अझै ठेकापट्टाबाटै डाँक सेवा सञ्चालन हुँदै आएकोले अब यातायात पुगेका जिल्लाहरुमा बसबाटै दैनिक डाँक सेवा सञ्चालनका लागि ठोस नीति बनाउनु जरुरी रहेको बताउनुभयो ।
पुर्वाञ्चल क्षेत्रीय हुलाक कार्यालयका क्षेत्रीय हुलाक निर्देशक पुष्पराज ढुङगानाको अध्यक्षतामा आयोजित गोष्ठीमा सप्तरीमा प्रमुख जिल्ला अधिकारी रामाधीन यादव, हुलाक सेवा बिभागका श्याम प्रसाद सिंह, जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख जगदीश खतिवडा, जिल्ला हुलाक कार्यालयका सोलुखुम्बुका प्रमुख रामकाजी श्रेष्ठ लगायतले बोल्नुभयो ।
गोष्ठीमा पुर्वाञ्चलका १६ वटा जिल्ला हुलाक कार्यालयका प्रमुख, हुलाक सेवा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ