News Category 2076/07/21
मलेशियामा सप्तरीका प्रमोद भिनवारको मृत्यु
दैनिक समाचारदात
राजविराज, २१ कात्तिक ।
रोजगारीका लागि मलेशिया गएका सप्तरीको तिरहुत गाउँपालिका निवासी एक युवकको मृत्यु भएको छ ।
तिरहुत गाउँपालिका वडा नं. ३ पिप्रराहीटोल निवासी ३२ बर्षिय प्रमोद भिनवार यादवको मृत्यु भएको उनका जेठान सुरेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
मलेशियाको जोहरमोआर एरिया कुदन उल्लुस्थित जिलियन क्रेसियन कम्पनिमा कार्यरत यादव बिहीबार बिहान ड्युटिमा जानका लागि तयार भइरहेको समयमा अचानक बेहोस भएर उनको मृत्यु भएको जेठान यादवले बताए ।
यता बेहोस भएर मृत्यु भएको भनेपनि कुन कारणले कसरी मृत्यु भएको बारे त्यहाँबाट पुर्णरुपमा हालसम्म कारण खुल्न नसकेको पारिवारिका श्रोतले जनाएको छ ।
यसैबीच मृत्यु भएका यादवको शव नेपाल ल्याई दिन परिवारजनले नेपाल सरकार मलेसियास्थित रहेको नेपाली दुताबास तथा सम्बन्धित बिभिन्न निकायहरुलाई आग्रह समेत गरेका छन् । उनी दुई बर्ष अगाडी रोजगारीका लागि मलेशिया पुगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ