News Category 2076/07/21
सप्तरीको छिन्नमस्तामा उपनिर्वाचनको गतिविधी तिब्र
दैनिक समाचारदात
राजविराज, २१ कात्तिक ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागी सप्तरीमा तयारीका साथ निर्वाचनको गतिबिधी समेत तीब्र बनेको छ ।
छिन्नमस्ता गाउँपालिका वडा नं. ७ का वडाध्यक्षमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिका प्रमुख पदमा निर्वाचित भएपछि रिक्त भएको उक्त पदका लागी उपनिर्वाचन हुन लागेको हो ।
सो उपनिर्वाचनका लागि श्री भुपेन्द्र नारायण संस्कृत माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचनका लागी मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधिश चन्द्रमणी ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
कार्यालय स्थापना सँगै उपनिर्वाचन र मतदाता शिक्षा लगायतको काम तीब्र गतिमा अघि बढाईएको जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादवले जानकारी दिएका छन् । जिल्ला निर्वाचन अधिकारी यादवका अनुसार कात्तिक २७ गते उम्मेदवारहरुको मनोनयन दर्ता गरी सूची प्रकाशन गरिने छ ।
त्यस्तै कात्तिक २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, कात्तिक २९ गते मनोनयन पत्र र उजुरीको विषयमा जाँचबुझ गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
यसैगरि कात्तिक ३० मा उम्मेदवारको नाम फिर्ता र सोही दिन उम्मदेवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मंसिर १४ गते विहान ७ बजे देखि साझ ५ बजे सम्म मतदान हुने कार्यक्रम रहेको छ ।
यस्तै मंसिर १ गतेदेखी मतपत्र र मतदान गर्ने तरिका, मतसदर र बदर हुने अवस्था र मतपत्र पट्टयाउने लगायतका तरिकाहरु सिकाउन मतदाता शिक्षा पनि संचालन गरिने जिल्ला निर्वाचन अधिकारी यादवले जानकारी दिए ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा उक्त वडामा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी १ हजार ४ सय ३ मतदाता रहेको छ । पहिलो स्थानिय तहको निर्वाचनमा सो वडामा १ हजार १ सय ७५ मतदाता रहेकोमा अहिले २ सय २८ मतदाता थपिएर जम्मा मतदाता १ हजार ४ सय ३ पुगेको छ ।
यस्तै उपनिर्वाचनका लागी छिन्नमस्ता ७ हाटि स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी २ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ