News Category 2076/07/21
उपनिर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगायो, काँग्रेस र समाजवादीले लगाउँदै
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा मात्र हुन लागेको उपनिर्वाचनका लागि नेकपा र राजपाले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ ।
आउँदो मंसिर १४ गते हुन लागेको उक्त निर्वाचनका लागि नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगाए पनि नेपाली काँग्रेस र समाजवादी पार्टीले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन् ।
छिनमस्ता गाउपालिका वडा नं. ७ मा निर्वाचित वडा अध्यक्ष प्रभाकर यादब जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद खाली हुँदा उपनिर्वाचन हुन लागेको हो ।
यता वडा अध्यक्ष पदका लागि नेकपाबाट अच्छेलाल यादबको नाम टुङ्गो लागेको नेकपा श्रोतको दाबी छ भने राजपा नेपालको तर्फबाट प्रमिला देबी यादबको नाम टुङ्गो लागेको राजपा श्रोतको दाबी छ ।
नेकपाका अच्छेलाल यादव स्थानिय माविका विद्यालय व्वयस्थापन समितिका अध्यक्ष हुन । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका यादव गत निर्वाचनमा तत्कालिन वडा अध्यक्षमा निर्वाचित प्रभाकर यादवसँग झिनो मतले पराजित भएका थिए । त्यस्तै प्रमिला देवी यादव भने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबकी पत्नी हुन् ।
यसैगरी नेपाली काँग्रेसका तर्फबाट उदयनाथ मण्डल, बिष्णु कुमार यादब र शिव नारायण मण्डलको नाम शिर्षपंक्तिमा रहेको राजविराज वडा नं. ५ का अध्यक्ष समिर झाले जानकारी दिएका छन् । ती तिन जना आकांक्षी मध्ये एक जना उम्मेदवार बन्ने वडा अध्यक्ष झाले बताए ।
यता समाजवादी पार्टीले हालसम्म उम्मेदवारको चयन गर्न सकेको छैन् । श्रोतका अनुसार समाजवादी पार्टीले राजपासँग केन्द्रमा उपनिर्वाचनका लागि तालमेल मिलाएपछि मात्र उम्मेदवार टुङ्गो लगाउने छ ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले दल र कार्यकर्तालाई तताउन थालेका छन् । रिक्त पदका लागि उपनिर्वाचनको मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै चुनावी सरगर्मि बढेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ