News Category 2076/07/24
पैगम्बरको जन्म दिन धुमधामका साथ मनाइयो
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
मुश्लिम समुदायले आप्mना धर्मका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक ‘पैगम्वर हजरत मोहम्मद सल्लल्लाहु अलै हिवस्सल्लाम’ को १५३२ औं जन्मोत्सव आइतबार धुमधामका साथ मनाएका छन् । सदरमुकाम राजविराजमा प्रभातफेरीदेखी सामूहिक नवाज र रक्तदानसम्मको कार्यक्रम आयोजना गरि मुश्लिम समुदायले पैगम्बरको जन्म दिन धुमधामका साथ मनाएका हुन् । सो अवसरमा प्रार्थना सभा, प्रवचन तथा गरिव असहायलाई निशुल्क भोजन लगायतका कार्यक्रम समेत गरिएको थियो ।
इस्लाम धर्मका इस्वरीय सन्देस्ठाको उपाधि समेत पाएका पैगम्वर हजरत मोहम्मदलाई स्मरण गर्दै नुरी जामे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज र अल्जा भेतल इस्लामिया गरिव नवाजको अगुवाईमा निस्केको ¥याली धर्म, सदभाव र शान्तिको पक्षमा नारा लगाउँदै वजार क्षेत्र परिक्रमा गरेको थियो ।

¥यालीमा विभिन्न मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र वालवालिकाको सहभागिता थियो । मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य इर्साद अन्सारीले अल्लाहका सन्देश वाहक पैगम्वर हजरत मोहम्मदले आज्ञापालन, अनुशासन, नम्रता, संयम, सदाचार र परोपकारको पाठ सिकाएको भन्दै त्यसको अनुसरण गर्नु पर्ने वताए ।
यस अवसरमा प्रवचन, रक्तदान तथा आर्थिक अवस्था कमजोर भएका अपांग, गरिव, दलित, विपन्न वर्गका वृद्धवृद्धा र एकल महिलालाई निशुल्क भोजन र लत्ताकपडा वितरणलगायतका कार्यक्रम समेत गरिएको छ ।
मुस्लिम अगुवा एवम राष्ट्रिय मुस्लिम मञ्च नेपालका सचिव हासिम अन्सारीले यस दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएकोप्रति धन्यवाद प्रकट गर्दै उत्सवलाई झनै विशेष तामझामका साथ मनाएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ