News Category 2076/07/24
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र नारायण देवले संसदीय क्षेत्र विकास कार्यक्रम मार्फत प्राप्त रकम मध्ये महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ्ग कार्यक्रम विकासका लागि दिइने भनिएको ६ करोड रकम कसैको व्यक्तिगत निर्णय नभई संयुक्त निर्णय भएको स्पष्ट पारेका छन् ।
अघिल्लो दिन उपप्रधानमन्त्री एवं जनसंख्या तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संसदीय विकास कोषबाट इन्जिनियरिङ्ग कार्यक्रमका लागि ६ करोड रकम दिने घोषणा गरेका थिए ।
इन्जिनियरिङ्ग कार्यक्रम विकासका लागि ६ करोड रकम बिनियोजित हुनु धेरै खुशीको कुरा भए पनि उपप्रधान मन्त्री यादवले आफ्नो व्यक्तिगत कोषबाट मात्र सो रकम दिइएको भनी समाजवादी पार्टीका केही नेताले प्रचार गर्नु घोर आपत्तिजनक भएको भन्दै उनले आइतबार एक प्रेस विज्ञप्तिमार्फत असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
उक्त कोषबाट आफू र अर्का संघीय सांसद दुलारी देवी खंगको कोषबाट समेत बिनियोजित रकमबाट सामूहिक निर्णय गरि रकम दिने निर्णय भएको उनले बिज्ञप्ति मार्फत स्पष्ट पारेका छन् ।
उनले विज्ञप्ति मार्फत उक्त झुठो प्रचारबाजीको घोर निन्दा गर्दै गहिरो खेद समेत प्रकट गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ