News Category 2076/07/26
सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासंघको माग

दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
प्रदेश २ सरकारले प्रदेशसभामा टेवुल गरेको संचार बिधेयक फिर्ता लिन नेपाल पत्रकार महासंंघले माँग गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेशसभामा टेबुल गरेको प्रदेश संचार विधेयक तत्काल फिर्ता लिन माँग गरेको हो ।
पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कुमार कर्णले एक विज्ञप्ति जारी गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पटक पटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेश सभामा पत्रकार विरोधी संचार विधेयक प्रदेश सभामा टेबुल गरेको भन्दै तत्काल फिर्ता लिन माँग गरेका छन् ।
सो विधेयक संशोधन गर्ने सरकारी प्रतिवद्धता आएपनि त्यसको बिश्वास योग्य वातावरण सरकारले बनाउन सकेको भन्दै महासचिव कर्णले तत्काल सो विधेयक फिर्ता लिई छलफल र विचार विमर्शको आधारमा नयाँ संचार ऐन विधेयक बनाउन विज्ञप्ति मार्फत माँग गरेका छन् ।
प्रस्तावित मस्यौदामा गरिएका तमाम प्रवन्धमा नेपाल पत्रकार महासंघ सहमत हुने ठाउ देखिएकाले सो विधेयक फिर्ता लिनुपर्ने उनले स्पष्ट पारे । उनले नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले दिएको सुझाव समेत त्यसमा समाविष्ट नगरिएको र नेपाल पत्रकार महासंघसंग गरिएको छलफलमा संशोधनका विश्वास योग्य आधार प्रदेश सरकारले पेश गर्न नसकेकोले अहिले प्रदेश सभामा टेवुल गरिएको संचार बिधेयक फिर्ता लिनुपर्ने उल्लेख गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ बारा शाखामा देखिएको समस्या समाधानका लागि महासचिव किरणकुमार कर्णको संयोजकत्व र सदस्यमा सचिव आरएन विश्वास र अजयकुमार साह रहेको एउटा छानविन समिति गठन गरिएको छ ।
त्यस्तै प्रदेश नम्बर २ मा पत्रकारहरुमाथि विभिन्न किसिमको चुनौती र आरोपहरु लागिरहेको बेला पत्रकार महासंघले पत्रकारीतालाई मर्यादित र अनुशासित बनाउनका लागि प्रभावकारी ढंगले सदस्यता शुद्धिकरण अभियान संचालन गर्ने भएको छ ।
यसका लागि ८ वटै जिल्लाका लागि अभियान चलाइने भएको छ भने सबै शाखालाई सदस्यता नविकरण बारे जानकारी पठाउनका लागि १५ दिनको समय सिमा दिएको महासचिव कर्णले जनाएका छन् । प्रत्येक जिल्ला अध्यक्षसंग समन्वय गरेर पर्सा शाखाका लागि किरण कुमार कर्ण र जीतलाल श्रेष्ठ, बाराका लागि प्रवीण साह, शैलेन्द्र झा, रौतहटका लागि अजय कुमार साह र अजित सिंह, सर्लाहीका लागि रामनारायण बिश्वास र राजन सिंह, महोत्तरीका लागि रिंकु मिश्र र हर्दिश खुद्दार, धनुषाका लागि ललिता साह, सिराहका लागि गुरु प्रसाद गौतम र जगतराई तथा सप्तरी शाखाका लागि सीकेन्द्र पासवान र भोजराज भट्टराईलाई सदस्यता शुद्धिकरण अभियानको जिम्मेवारी दिइएको महासचिव कर्णले जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/11 “लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
- 2082/01/11 माटो बोकेको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु
- 2082/01/11 हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ
- 2082/01/11 सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ