News Category 2076/07/26
कुनौली सडकमा धुलोले सर्वसाधारणलाई सास्ती

चन्दनकुमार यादव
राजविराज, २६ कात्तिक ।
राजविराजस्थित कुनौली सडक खण्डमा धुलोका कारण सर्वसधारणले सास्ती भोग्नुपरेको छ । निर्माण कम्पनी ठेकेदारले सो सडक खण्डमा नियमित रुपमा पानी नहालेका कारण आवतजावत गर्ने स्थानीयबासीहरुलाई दिनहुँ सो समस्या भोग्नु परिरहेको छ ।
सो सडक खण्ड भएर दिनहुँ दर्जनौ सिटी सफारी, मोटरसाईकल, बस, जिप, कार लगायतका सवारी साधनहरु संचालनमा रहेको छ । एक त निर्माण भइरहेको सडकमा उड्ने धुलो र त्यसमा पनि सवारी साधानहरुबाट निस्कने धुवाले राजविराजदेखि भारतीय सीमा नाका कुनौली बजार आवत जावतमा निकै समस्या उत्पन्न भईरहेको छ ।
यता निर्माण कम्पनीले समयमा नियमित रुपमा निर्माणधीन सडकमा पानी नहाल्नाले सो भेगका स्थानियहरू चिन्तित बनेका छन् । सो सडक भएर दिनहुँ विभिन्न कामकाजले जाने सर्वसधारण सडकमा धुलो र धुँवाका कारण बिरामी हुन थालेको गोरगमाका स्थानिय दिपेश कुमार यादब बताउछन ।
एक पटक सो सडक प्रयोग गर्ने सर्वसधारणले अर्को पटक जादाँ धुलोले हिड्नै नसकने अबस्था रहेको छ । यस्ता समस्या देखिएपनि निर्माण कम्पनी तथा सम्बन्धित ठेकेदार कम्पनीको लापरवाहीले गर्दा यस क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ ।
बरहीबिरपुर, तिलाठी, बोडर र रम्पुरा जाने सर्वसाधारणहरुलाई दिनहुँ यो सडक प्रयोग गर्दा सदरमुकाम तथा कुनौली बजार समेत आवत जावतमा निकै समस्या भोग्नुपरेको रम्पुराका स्थानिय देवराम मण्डल बताउछन ।
यता आफुहरुलाई दिनहुँ सो सडक भएर क्याम्पस अध्ययन गर्नको लागि आउनु पर्ने हुनाले धुलो र धुँवा खाएर बिरामी समेत परेको उनले बताए ।
उक्त सडक खण्ड निर्माणको ठेक्का पाएका कान्छाराम कन्स्ट्रक्सनले झण्डै एक वर्षदेखी गरिरहेको निर्माण कार्य सुस्त गतिमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ