News Category 2070/11/19
गैर पत्रकारहरुलाई सदस्यता दिने निर्णय नसच्याए प्रेस युनियन संघर्षमा ओर्लने
दैनिक संवाददाता
राजविराज, १८ फागुन ।
नेपाल प्रेस युनियन सप्तरीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नयाँ सदस्यता वितरण गर्ने क्रममा पत्रकारितामा कुनै पनि हिसाबले संलग्न नरहेका व्यक्तिलाई सदस्यता दिने तयारी गरिरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका अध्यक्ष ओमप्रकाश साहद्वारा हस्ताक्षरित ज्ञापनपत्र आइतबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सभापति धिरेन्द्र प्रसाद साहले बुझाइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा महासंघले राजनीतिक दलमा खुल्लेआम आवद्ध भएका, अन्य पेशा, व्यवसायमा संलग्न भएका व्यक्तिहरुलाई पनि सिफारिस गर्न लागेको जानकारी प्राप्त भएको उललेख छ ।
सोही ज्ञापनपत्रमा पत्रकार महासंघका पूर्वसभापतिहरुले निर्धारण गरेको मापदण्ड विपरीत पदाधिकारीहरुले मनमानी ढंगले सदस्य भागबण्डा गरि पत्रकारिता नगरेकाहरुलाई महासंघमा आवद्ध गराउनु बिशुद्ध पत्रकारहरुको मर्यादामा ठेस पु¥याउने काम गरिरहेको आरोप समेत लगाइएको छ ।
तसर्थ महासंघमा गैर पत्रकारहरुको सदस्यता सिफारिस नगर्न माग गर्दै सो निर्णय फागुन २० गतेसम्म नसच्याए संघर्षमा ओर्लने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख छ । साथै आइतबार सम्पन्न युनियनको बैठकबाट संघर्षका लागि रामनारायण विश्वासको संयोजकतवमा तीन सदस्य संघर्ष समिति समेत गठन गरिएको छ । सो समितिको सदस्यहरुमा बिनयकुमार लाल कर्ण र संजिवविक्रम साह रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ