News Category 2076/07/28

उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र

दैनिक समाचारदाता

उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 
    सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष पदका लागी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारी मनोनयन पत्र दर्ता सँगै चुनावी गतिविधि तिब्र बनेको छ । 
    राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारगरि ९ जनाको उम्मेदवारी परेकोमा एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । स्वतन्त्र उम्मेदवार रञ्जितकुमार यादवको उमेर १९ वर्ष मात्र पुगेको कारण उम्मेदवारी रद्द गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिएका छन् ।
    यता उम्मेदवारी दर्ता भएसँगै चुनावी कार्यक्रम र घरदैलो अभियान तिब्र भएको छ । एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्द भएसँगै अब वडाध्यक्ष पदका लागी २ स्वतन्त्र सहित ८ जना चुनावी मैदानमा रहेका छन् । 
    नेकपाबाट अच्छेलाल यादव, काँग्रेसबाट शिव नारायण मण्डल तथा राजपा र समाजवादी पार्टीका संयुक्त उम्मेदवार प्रमिला देवी उम्मेदवार बनेका हुन् । यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीबाट दिनेश कुमार यादव चुनावी मैदानमा छन् । 
    निर्वाचन बहिष्कार र अलग देशको माग गर्दै आएका सिके राउतले सरकार सँग सम्झौता गर्दै जनमत पार्टी दर्ता गरेपछि पहिलो पटक चुनावी मैदानमा आफनो उम्मेदवार खडा गरेको छ । 
    जसकारण पनि यहाँको चुनाव रोमाञ्चक बन्दै गएको छ । राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको सो पदमा उपनिर्वाचन हुन लागेको हो । समाजवादी पार्टी समेतको समर्थनमा राजपाबाट उम्मदेवार बनेकी प्रमिला प्रभाकरकै पत्नी हुन । यसअघि राजपाले जितेकाले त्यसलाई निरन्तरता दिनुपर्ने चर्को दवाव राजपालाई छ ।
    यता नेकपाका उम्मेदवार अच्छेलाल यादव स्थानिय विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । 
    यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी र सडक विस्तार मुख्य चुनावी मुद्दा बनेको देखिएको छ । नेकपा, काँग्रेस, जनमत लगायतका पार्टीले पनि मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएका छन् । सवै उम्मेदवारले वडाको विकासलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । 
    नुरहुसन मंसुरी र धिरेन्द्र कुमार यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारको टिकट वितरणमा असन्तुष्टी जनाउँदै विभिन्न पार्टीमा आवद्घ उनीहरुले बागी उम्मेदवारी दर्ता गराएका ह्न । 
    आसन्न निर्वाचनका लागी सो वडामा १ हजार ४ सय ३ मतदाता रहेको छ भने एक मतदान स्थल र दुई मतदान केन्द्र कायम गरिएको छ । 

प्रतिकृया दिनुहोस