News Category 2070/11/20
विकासका लागि सञ्चारक्षेत्रले खेलेको भुमिका सन्तोषजनक छ ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, १९ फागुन ।
सप्तरी क्षेत्र नम्बर ६ का सभासद् सुरेन्द्र प्रसाद यादवले सप्तरीको बिकासका लागि सञ्चार जगतले खेलिरहेको भुमिका सन्तोषजनक रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सप्तरीको नयाँ कार्यसमितिका पदाधिकारीहरुको पदस्थापन कार्यक्रमलाई सोमवार राजविराजमा सम्बोधन गर्दै सभासद् यादवले अब जिल्लाको बिकासका लागि जिल्लाका सबै सभासद्हरु एकजुट भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सञ्चारजगतले जिल्लाको बिकासका लागि खेल्दै आएको भुमिका महत्वपुर्ण रहेको छ, उहाँले भन्नुभयो–‘‘ अब हामी जिल्लाका १६ वटै सभासद्हरु जिल्लाको बिकासका लागि एकताबद्ध भएर लाग्नेछौ, त्यसको थाल्नी भइसकेको छ ।” संबिधान निर्माणसँगै जिल्लाको समग्र बिकासलाई सँगसँगै लिएर अघि बढ्ने दृढता समेत उहाँले ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस युनियनका नवनिर्वाचित पदाधिकारीहरुलाई सभासद् यादवले प्रमाणपत्र बितरण गर्नुभयो । सोही कार्यक्रममा युनियनका संस्थापक अध्यक्ष शम्भु झाले सभासद् यादवलाई दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।
अग्रज पत्रकार गणेशलाल देवको अध्यक्षतामा आयोजित पदस्थापना कार्यक्रममा प्रेस युनियन सप्तरीका संस्थापक अध्यक्ष शम्भु झा, प्रेस काउन्सिल सदस्य मुरली प्रसाद यादव, बरिष्ठ पत्रकार शिबहरि भट्टराई, प्रेस युनियनका केन्द्रीय सदस्य सुमन मिश्र, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सचिव राजेश झा लगायतले बोल्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ