News Category 2076/08/01
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
एकछिमेकीद्वारा जग्गा आप्mनो भएको दाबी गर्दै खाली गर्न धम्की दिन थालेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी ७० बर्ष बृद्घ रेशम साह चिन्तित बनेका छन् ।
ज्याला मजदुरी गरी जुटाएको रकमबाट खरिद गरेको जग्गा अहिले छिमेकीले हकदाबी गर्दै आएपछि उनी निरास बन्दै गएका छन् ।
यता निरास भई भौतारिदै पीडित साह आप्mनो पीडाबारे गाउँमा कुनै सुनुवाई नभएपछि जग्गाको कागजातसहित सदरमुकाम राजविराजमा संचारकर्मी तथा अधिकारकर्मीलाई न्यायका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।
जग्गा खाली गर्न छिमेकी रामचन्द्र यादवले निरन्तर धम्की दिन थालेपछि आफु असुरक्षित भई न्याय खोज्दै राजविराजस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन साता अघि निवेदन पनि दिएको बताए ।
उनले न्यायका लागि वडाध्यक्ष मार्फत गाउँपालिका कार्यालयस्थित न्यायिक समितिमा उजुरी पनि दिएको जानकारी दिँदै न्यायिक समितिले पनि हाल सम्म कुनै पहल नगरेको उनले गुनासो गरे ।
तर, पनि छिमेकी रामचन्द्र यादवबाट धम्की आउने क्रम नरोकिएपछि सुरक्षा र न्याय खोज्दै सदरमुकाम आई पुगेको उनले बताएका छन् । बृद्घ साहका अनुसार पहिलो २०६४ सालमा सोही वडा कि फुलो दवी सुतिहार्नी सँग किता नं. ४६५ को ७ धुर जग्गा खरिद गरेका थिए ।
सो जग्गामा उनले एउटा सानो झोपडी पनि बनाएका छन् । तर, १३ वर्ष पछि एक्कासी छिमेकी रामचन्द्र यादवले सो जग्गा आफनो भएका दावी गर्दै खाली गर्न दवाव र धम्की दिन थालेका छन् ।
जग्गा धनी भएको सवै प्रमाण हुँदाहुँदै पनि आफनै जग्गामा सुरक्षित साथ बस्न नपाएको उनले गुनासो पोखे । यता रामचन्द्र यादवले साहले विगत १३ बर्ष देखि उपभोग गर्दै आएको जग्गा आफनो भएको दावी गरेका छन् ।
उनले साह बस्दै आएको जग्गा किता नं. ४६५ नभई किता नं. ६२२ भएको र सो जग्गा आफनो भएकाले खाली गर्न दवाव दिएको बताउछन् । अनी साहको किता नं. ४६५ को जग्गा कहाँ छ त ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन् – त्यो मलाई थाहा भएन उ आफनो जग्गा आफै पत्ता लगाओस ।
यसरी एउटै जग्गामा दुई जनाले आ–आफनो रहेको दावी गरिरहँदा पनि स्थानिय न्याय समिति र प्रशासनले चासो नदेखाउँदा दुई पक्ष विच तनाव बढदै गएपनि कुनै बेला पनि अप्रिय घटना हुन सक्ने बलियो सम्भावना रहेको गाउँलेहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ