News Category 2076/08/02
मानव अधिकार समूहको गठन

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरी सोमबार राजविराजमा नगर स्तरिय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
गठित नगरस्तरिय समुहको अध्यक्षमा रघुवर साह, उपाध्यक्षमा गोविन्द कावरा, सचिवमा मनोज कुमार माझी, सहसचिवमा सिता देवी मण्डल र कोषाध्यक्षमा पुनम पोखरेलको सर्वसम्मतले भएका छन् ।
यस्तै सदस्यहरुमा राधा अर्याल, दिनानाथ यादव, मनोज झा, सोभा देव, उपेन्द्र मेहता, राजकुमार दास, कमलि उपाध्याय, सिता देवी यादव लगायत १६ जनालाई चयन गरिएको छ ।
इन्सेक प्रदेश नं. २ धनुषाको आयोजना तथा राजविराज नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रमको नगरप्रमुख शम्भु प्रसाद यादवले उद्घाटन गरेका थिए ।
नगरपालिकाको १६ वटै वडाको प्रतिनिधित्व हुने गरी गठन गरिएको समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका जनताको आधारभूत अधिकारबारे सर्वसाधारणलाई जागरुक बनाउने तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काम गर्ने ईन्सेक प्रदेश २ का संयोजक राजु पासवानले जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख शाधना झा, ईन्सेक प्रदेश २ का कार्यक्रम संयोजक जागेश्वर यादव, ईन्सेकका केन्द्रिय सदस्य बैद्यनाथ झा, वडा अध्यक्षहरु सुदर्शन सिंह, चन्द्रशेखर चौधरी, समिर झा, जय नारायण मण्डल, बेचु दास लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ