News Category 2076/08/02
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा लगाइएको लागु औषध गाँजाका बोटहरु धमाधम फडान गरि नष्ट गर्न थालेको छ । प्रहरीले सोमबार मात्र सात सय ५५ गाँजाका बोटहरु फडान गरि नष्ट गरेको हो ।
यसैबीच ईलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको बिष्णुपुर गाउँपालिका ६ गोरगामाबाट ५५ वटा गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जनाएको छ । विशेष सूचनाको आधारमा स्थानियहरुले घरमा लगाएका लागु औषध गाँजाका बोटहरु प्रहरीले सोमबार फडान गरी नष्ट गरेको छ ।
यसैगरि सोमबारै ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बेश क्याम्प भारदहबाट खटिएको सशस्त्रको संयुक्त टोलिले जिल्लाको हनुमाननगर कंकालिन नगरपालिका १ भारदह र वडा नं. २ सखरदेहीबाट सात सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको छ ।
त्यहाका स्थानियहरुले घर आँगनमै लगाएका गाँजाका बोटलाई फडान गर्दै नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले गाँजाका बोट फडान गर्ने अभियान नै चलाएपछि अहिले सप्तरीको विभिन्न स्थानहरुबाट ५ हप्ताको अवधीमा झण्डै ६ हजार बढी लागु औषध गाँजाका बोटहरु फडान गरि नष्ट गरिसकेको सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ