News Category 2076/08/04
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै
दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरी जिल्ला कमिटी गठन पश्चात् उत्पन्न विवादका कारण बुधबार जिल्ला कमिटिले बेलाएको बैठक स्थगित भएको छ ।
जिल्ला कमिटिले असन्तुष्ट पक्षलाई सो बैठकमा नबोलाएपछि असन्तुष्ट पक्ष बैठकमा आफै गएपछि बैठक स्थगित भएको असन्तुष्ट पक्षका एक एक नेताले बताएका छन् ।
नेकपा गठनपछि सप्तरीमा बनेको जिल्ला कमिटिमा गोबिन्द न्यौपानेले सचिवको जिम्मेवारी पाएका छन् । तर, पुरानो एमालेको जिल्ला कमिटिमा रहेका कतिपय सदस्यहरू नयाँ कमिटिमा नअटाइएकोप्रति असन्तुष्टि पोख्दै उनले हालसम्म सचिव पदको सपथ समेत खाएका छैनन् । न्यौपानेसँगै तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहेका पुर्वमन्त्री उमेश यादव पनि पार्टीको कुनै पनि जिम्मेवारी नपाएपछि उनी असन्तुष्ट देखिएका छन् ।
यता प्रदेश २ का सदस्य महेश प्रसाद यादवले एक पक्षले दोश्रो पक्षलाइ कुनै जानकारी नदिइ ेस्बुधवार बोलाएको जिल्ला कमिटीको बेठकको विरोघ गर्दै पार्टीलाई विधानभन्दा पनि केहि खास ब्यक्तिको इसारामा चलाउन खोजिएको र पार्टीप्रति प्रतिबद्ध नेता–कार्यकर्ताहरूलाई पाखा लगाउन खोजिएको आरोप लगाएका छन् ।
उनले नेकपाको केन्द्रीय सचिवालयको ०७६ वैशाख ८ को बैठकले जिल्ला कमिटी गठन गर्न तयार पारेको मापदण्डअनुसार कमिटी गठन गर्दा साविक जिल्ला कमिटीका सदस्यहरू यथावत रहने र थप्न मिल्ने अवस्थामा सम्बन्धित प्रदेश कमिटीले वरिष्ठ र सक्षम मध्येबाट थप्ने प्रावधानसहितको मापदण्ड केन्द्रीय कार्यालयले ०७६ वैशाख ९ गते परिपत्र गरको थियो । तर, सप्तरीमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षका केही नेता–कार्यकर्ता कमिटीबााहिर रहेको दाबी गरे ।
सप्तरीमा नेकपाको कुल १ सय ६५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य रहेका थिए । माओवादीतर्फ सिनियर नेता तथा जनयुद्धको क्रममा जेलनेल र यातना भोगेकाहरूलाई पाखा लगाइएको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।
नेकपाका केन्द्रिय सदस्यसमेत रहेका प्रदेश २ का सचिव सुमनराज प्याकुरेल र तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष तथा जिल्ला सचिव रहेका प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, पुर्व मन्त्री उमेश कुमार यादव, महेश प्रसाद यादवर देवनाथ यादवको विच जिल्ला कमिटी गठनको विवाद चलिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ