News Category 2076/08/05
कंकालिनी भगवती मन्दिर विकास समितिको कार्य समिति चयन
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिर विकास समितिको नयाँ कार्यसमितिको लागि सम्पन्न निर्वाचनको मतगणना परिणाम अनुसार अध्यक्ष पदमा रामनारायण मण्डल विजयी भएका छन् ।
बुधबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रामनारायण मण्डल ३ सय मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी श्यामसुन्दर मण्डलले २ सय ७१ मत प्राप्त गरे । त्यस्तै तेश्रो स्थानमा लक्ष्मण मण्डल १ सय ६० र चौथो स्थानमा सत्यजित झा (ज्योती) ले ३० मत प्राप्त गरेका छन् ।
यसैगरि उपाध्यक्ष पदमा चन्दन कापैर ४ सय ३५ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विनोद खड्गाले २ सय ६० मत प्राप्त गरे । त्यसैगरि सचिव पदमा आकाशराज भण्डारीले १ सय ८४ मत प्राप्त गरि विजयी भएका छन् भने सोही पदका उम्मेदवारहरु बिनोद रजकले १ सय २५, लक्ष्मण मण्डलले १ सय २५, लालकुमार यादवले १ सय १९ र प्रमोद झाले १ सय १ मत प्राप्त गरे ।
कोषाध्यक्षमा चन्दनकुमार मण्डल २ सय ३१ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गोपालराज मण्डलले १ सय ६४ मत प्राप्त गरे । त्यस्तै सत्यनारायण मण्डलले १ सय ४२ र शम्भु मण्डलले १ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरि महिला सदस्यमा अनितादेवी अधिकारीले ४ सय ४५ मत प्राप्त गरि विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी निरसीदेवी कापैरले १ सय ९४ मत प्राप्त गरिन् । यस्तै दलित सदस्यमा बुदुर रामले ३ सय ६५ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी बेचन मलाहले २ सय ४२ मत प्राप्त गरे ।
यस्तै खुल्ला सदस्यहरुमा दिनेश मण्डल २ सय ९७, जगदिश राउत २ सय ६५ विजयी, जोगेन्द्र मण्डल २ सय १०, जितेन्द्रकुमार दास २ सय २ र विरेन्द्रकुमार मण्डल १ सय ९३ मत प्राप्त गरि बिजयी भएका छन् ।
११ सदस्यीय मन्दिर विकास समितिको नयाँ कार्यसमितिका लागि सम्पन्न निर्वाचनमा ८ सय ५७ जनाले मतदान गरेका थिए भने जम्मा मतदाता संख्या ९ सय ४४ रहेको निर्वाचन समितिका संयोजक जितेन्द्र खड्गााले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ