News Category 2076/08/05
अनियमितताको आरोप लगाउँदै विद्यालयमा तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले अनियमितता गरेको आरोप लगाउँदै व्यवस्थापन समितिकै केही सदस्यहरुले तालाबन्दी गरी रिले अनशन सुरु गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र अभिभावक मिलेर दुई दिनदेखी विद्यालय प्रवेशद्वार नजिकै गरिएको तालाबन्दी र रिले अनशनका कारण विद्यार्थीको पढाई समेत प्रभावित भएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेठा सदस्य राम नारायण यादवको अगुवाईमा प्रअ कक्ष, लेखा र अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरी अनिश्चितकालिन अनशन सुरु गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक सूर्य नारायण यादव र अध्यक्ष चितरंजन यादवसहित चारजना बाहेक नौं सदस्य समितिका बाँकी सदस्य आफुहरुले अघि सारेको मागको समर्थनमा रहेको विद्यालय व्यबस्थापन समितिका सदस्य यादवले दाबी गरे ।
उनीहरुले प्रअ यादवले विद्यालयमा आर्थिक अनियमितता गरेको मनोमानी ढंगले काम गरेको र व्यवस्थापन समितिका अध्यक्ष चितरंजनले पनि मौन समर्थन जनाईरहेको आरोप लगाएका छन् । यता उनीहरले माग पुरा नभएसम्म तालाबन्दी र रिले अनशन कुनै पनि हालतमा नरोकिने अडान लिएका छन् ।
विद्यालयको बेथिती र अनियमितता बारे जानकारी गराउँदै जिल्ला प्रशासन कार्यालय तथा विष्णुपुर गाउँपालिका कार्यालयमा समेत उजुरी गर्दा छानबिन गर्न ढिलाई गरेकोले बाध्य भई आन्दोनलमा उत्रिनु परेको विद्यालय सदस्य यादवको भनाई छ ।
अनशनकारीले आर्थिक वर्ष २०७२÷०७३ देखि हाल सम्मको पटक–पटक आय व्यय सार्वजनिक गर्न माग गर्दा पनि प्रअ यादवले आलटाल गर्दै आएको आरोप लगाएका छन् । त्यस्तै सामाजिक लेखा समितिले वेरुजु देखाएका १ करोड ८१ लाख रुपैया अबिलम्ब फर्छयोट गर्नुपर्ने, अभिभावक भेला बोलाउनु पर्ने, शिक्षक छनोट समितिको कार्यविधि पारदर्शी गर्नुपर्ने र विद्यालय व्यवस्थापन समितिको बहुमत सदस्यहरुले गरेका निर्णयहरु कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
यता विद्यालयका प्रधानाध्यापक सूर्य नारायण यादवले गत कार्तिक २० गते विज्ञापन गरी भर्ना गरिएको प्रावि राहत शिक्षकमा आफनो मान्छे नपर्दा एक स्थानियले केही व्यक्तिलाई उक्साएर विद्यालयमा तालाबन्दी र अराजकता फैलाएको बताएका छन् ।
उनले शिक्षक भर्नामा आफन्त नपरेपछि रिसमा यस्तो नाटक रचिएको र आफु विद्यालय जाँदा गालीगलौज समेत गर्ने गरेकाले विगत १५ दिनदेखि विद्यालय जान नसकेको अवस्था रहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ