News Category 2070/11/21
लागुऔषध १ सय ८८ बोतल कोरेक्ससहित दुई पक्राउ
दैनिक संवाददाता
राजविराज, २० फागुन ।
प्रहरीको गस्ती टोलीले सप्तरीको मलेकपुर गाविसबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले भारतबाट बोरामा राखेर ल्याउँदै गरेको १ सय ८८ थान प्रतिबन्धित लागुऔषध कोरेक्ससहित सप्तरीको काचन गाविस–८ का ६५ वर्षीय श्रीलाल यादव र ४० वर्षीय गेनालाल यादवलाई पक्राउ गरेको हो ।
मलेकपुर गाविस–५ स्थित हुलाकी मार्गमा जिल्ला प्रहरीको विशेष टोलीले शङ्काको आधारमा जाँच गर्दा दुवै जनाको साइकलमा रहेको १ सय ८८ थान कोरेक्स बरामद गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार बैदबारले जानकारी दिनुभयो ।
यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीले गत कात्तिक ८ गते सप्तरीको मलेकपुर गाविसछ–६ का महादेव यादवलाई कात्तिक २५ गते र सिरहाको सखुवा ननकारकट्टीका अजय यादवलाई कात्तिक ७ गते कोरेक्स ओसारपोसार गर्दैगर्दा पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले गत तीन महिनामा प्रतिबन्धित लागुऔषधसहित सात जनालाई पक्राउ गरी कारबाही चलाएको जनाएको छ ।
भारतबाट लागुऔषध ल्याएर धरान तथा काठमाडाँै पु¥याएर महँगो दाममा बेच्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बैदबारले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ