News Category 2076/08/07
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष उमेर समुहको फुटवल प्रतियोगिता
राजविराज÷सप्तरीमा पहिलो पटक अन्तर विद्यालय स्तरिय ८ देखी १३ वर्ष उमेर समूहको फुटवल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ ।
जिल्ला फुटवल सँघ सप्तरी तथा भिम दल गणको संयुक्त आयोजना र राजविराज नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समुहका ८ विद्यालयका छात्र छात्राहरुको टिमको सहभागीता रहेको छ ।
एन्फा प्रशिक्षक रमेश श्रेष्ठका अनुसार बालबालिकालाई शिक्षा सँगसँगै खेलकुद प्रति प्रोत्साहित गर्ने तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले सप्तरीमा सो प्रतियोगिता सुरु भएको जानकारी दिएका छन् ।
स्थानिय भिमदलगणको खेल मैदानमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर र जिल्ला फुटवल संघका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले संयुक्त रुपमा रेफरीलाई बल हस्तान्तरण गरी उदघाटन गरे ।
उद्घाटन दिन ४ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा छात्र तर्फबाट हयाप्पिलैण्ड बोर्डिङ स्कुलले पिसजोन बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले तथा सृजना बोर्डिङ स्कुलले प्रिपियर बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै ३–३ अंक बटुलेको छ ।
यस्तै छात्रा तर्फ उग्रकान्त बोर्डिङ स्कुलले हयाप्पिलैण्ड बोर्डिङ स्कुललाई १–० तथा लक्ष्मी बोर्डिङ स्कुलले गौतम सिसुन सदनलाई १–० अन्तरले हराउँदै ३–३ अंक जोडेको छ ।
प्रतियोगिता सदघाटन समारोहमा प्रमुख सेनानी कुवरले नेपाली सेनाले बंन्दुक मात्र नभई राष्ट्रका लागि र स्वास्थ्यका लागी खेलकुद पनि खेलाउने गरेको संदेश दिन खेलकुदमा सहकार्य गरेको बताए ।
जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले बालबालिकाको खेल विकासका लागी एन्फाले ग्रासरुट फुटवल कार्यक्रम सुरु गरेको र सोही कार्यक्रम अनुरुप सेनासँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको बताए ।
राउण्ड रोबिन लिगको आधारमा संचालित प्रतियोगिता २८ गते सम्म चल्ने तथा विजेता उपबिजेता टिमलाई कप, शिल्ड, मेडल र प्रमाणपत्र लगायतका पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ