News Category 2076/08/07
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष उमेर समुहको फुटवल प्रतियोगिता

राजविराज÷सप्तरीमा पहिलो पटक अन्तर विद्यालय स्तरिय ८ देखी १३ वर्ष उमेर समूहको फुटवल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ ।
जिल्ला फुटवल सँघ सप्तरी तथा भिम दल गणको संयुक्त आयोजना र राजविराज नगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समुहका ८ विद्यालयका छात्र छात्राहरुको टिमको सहभागीता रहेको छ ।
एन्फा प्रशिक्षक रमेश श्रेष्ठका अनुसार बालबालिकालाई शिक्षा सँगसँगै खेलकुद प्रति प्रोत्साहित गर्ने तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले सप्तरीमा सो प्रतियोगिता सुरु भएको जानकारी दिएका छन् ।
स्थानिय भिमदलगणको खेल मैदानमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवर र जिल्ला फुटवल संघका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले संयुक्त रुपमा रेफरीलाई बल हस्तान्तरण गरी उदघाटन गरे ।
उद्घाटन दिन ४ खेल सम्पन्न भएका छन् । पहिलो खेलमा छात्र तर्फबाट हयाप्पिलैण्ड बोर्डिङ स्कुलले पिसजोन बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले तथा सृजना बोर्डिङ स्कुलले प्रिपियर बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै ३–३ अंक बटुलेको छ ।
यस्तै छात्रा तर्फ उग्रकान्त बोर्डिङ स्कुलले हयाप्पिलैण्ड बोर्डिङ स्कुललाई १–० तथा लक्ष्मी बोर्डिङ स्कुलले गौतम सिसुन सदनलाई १–० अन्तरले हराउँदै ३–३ अंक जोडेको छ ।
प्रतियोगिता सदघाटन समारोहमा प्रमुख सेनानी कुवरले नेपाली सेनाले बंन्दुक मात्र नभई राष्ट्रका लागि र स्वास्थ्यका लागी खेलकुद पनि खेलाउने गरेको संदेश दिन खेलकुदमा सहकार्य गरेको बताए ।
जिल्ला फुटवल संघ सप्तरीका अध्यक्ष देवेन्द्रमान सिंह बस्नेतले बालबालिकाको खेल विकासका लागी एन्फाले ग्रासरुट फुटवल कार्यक्रम सुरु गरेको र सोही कार्यक्रम अनुरुप सेनासँगको सहकार्यमा प्रतियोगिताको आयोजना गरेको बताए ।
राउण्ड रोबिन लिगको आधारमा संचालित प्रतियोगिता २८ गते सम्म चल्ने तथा विजेता उपबिजेता टिमलाई कप, शिल्ड, मेडल र प्रमाणपत्र लगायतका पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 तालाबन्दी र धर्नाका कारण राजविराज नगरपालिकाको कामकाज प्रभावित, शतप्रतिशत योजना कार्यान्वयन हुनेमा शंका
- 2082/02/26 प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ