News Category 2076/08/08
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
दैनिक समाचारदाता
राजविराज, ८ मंसीर ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र काँग्रेसको बिरुद्धमा अर्को बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपालले अग्रसर भएको बताएका छन् । उनले सरकारबाट राजिनामा दिएर आए समाजवादी पार्टीसँग पनि एकीकरण गरी त्यस्तो शक्ति निर्माण गर्न सहज हुने समेत बताएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.७ मा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अपमान सहेर सरकारमा बस्नुभन्दा राजिनामा दिएर बैकल्पिक शक्ति निर्माणकालागि तयार रहन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सुझाव समेत दिए ।

नेता महतोले मधेशी, आदिवासी, जनजातीका समस्यालाई संबिधान संशोधनबाट सम्बोधन नभएसम्म चुपलागेर नबस्ने अठोट आफूहरुले लिएको भन्दै यसकालागि काँग्रेस, कम्यूनिष्ट बाहेकका सबै पहिचानवादी, अधिकारवादी तथा आन्दोलनकारी शक्तिसँग एकजुट भई बृहत बैकल्पिक शक्ति निर्माण अहिलेको आवश्यकता रहेको बताए । उनले भने, “सरकारमा बसेर आन्दोलन सम्भव नरहेको कुरा उपेन्द्र जीले पनि बुझ्नु आवश्यक छ ।”
राष्ट्रिय जनता पार्टी पनि सरकारमा जाने भनि चलाईएको हल्ला सत्ताधारी तथा तिनका समर्थक मिडियाको काम रहेको भन्दै उनले त्यस्ता असत्य कुराको पछि नलाग्न आग्रह समेत गरे । आफूहरु सत्तामा जान होईन बरु कम्यूनिष्ट सरकारलाई सत्ताच्युतकालागि शक्ति सञ्चयमा लागेको उनले बताए ।
नेता महतोले सरकार मधेशी, आदिवासी, जनजाती तथा सबै उपेक्षित उत्पीडित जनतालाई अधिकार दिने पक्षमा नरहेको आरोप लगाउँदै संबिधान संशोधनमार्फत ती अधिकार प्राप्त नहुञ्जेल चुप लागेर नबस्ने उललेख गरे ।
आगामी मंसीर १४ गतेको उपनिर्वाचनलाई मिनि जनमत संग्रहको संज्ञा दिँदै महतोले यसमा आफूजस्ता परिवर्तनकारी शक्ति विजयी भएमात्र यसले मधेशी, आदिवासी, जनजाति लगायत थिचोमिचोमा परेकाहरुको मुद्दा अझै जीवित छ भन्ने सन्देश विश्वभरि प्रवाह हुने बताए ।
आयोजित चुनावी सभामा राजपाका केन्द्रिय महासचिव मनिष कुमार सुमन, महामन्त्री जयप्रकाश ठाकुर, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल लगायत स्थानिय नेताहरुले चुनावी मन्तवय दिएका थिए ।
मंसीर १४ गते सप्तरीमा पनि छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा अध्यक्ष पदकालागि एक स्थानमा निर्वाचन हुँदैछ । गत स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको अध्यक्ष हुँदा रिक्त स्थानमा निर्वाचन हुन लागेको हो । राष्ट्रिय जनता पार्टीले त्यहाँ जिल्ला समन्वय समितिका अध्यक्ष यादवकी पत्नी प्रमिलादेवी यादवलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ जसलाई समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ