News Category 2070/11/21
सप्तरीको मलेठमा प्रहरी टोलीमाथि आक्रमण, प्रसनिसहित चार प्रहरी घाइते
दैनिक संवाददाता
राजविराज, २० फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीमाथि सोमवार राती सप्तरीको मलेठ गाविस–९ जगदरीमा आक्रमण भएको छ ।
लुटिएको मोटरसाइकल बरामद गर्न खटिएको प्रहरी टोलीमाथि स्थानियबासीहरुले आक्रमण गरेका हुन् । प्रहरी सहायक निरीक्षक भगवानी ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीमाथि जगदरी टोलका स्थानीयले लाठी, बाँसको फट्टाले आक्रमण गरेका थिए ।
आक्रमणमा परी प्रसनि ठाकुरसहित प्रहरी हवल्दार प्रदीप यादव, प्रहरी जवान रामप्रसाद यादव र गोपाल राजवंशी घाइते भएका छन् । घाइतेको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा मलेठ गाविस–९ का मो कुदुस, मो कलाम, मो मासुम, मो जयाबुललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आरोपितविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्धा चलाइने प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
मलेठ–९ जगदरीस्थित मो हैदरको घरमा लुटेर राखिएको को१५प २४१० नम्बरको अपाचे मोटरसाइकलसमेत प्रहरीले राति नै बरामद गरी ल्याएको जनाएको छ ।
राजविराजबाट घरतर्फ जाँदै गरेका मलेठ गाविस–४ का छोटेलाल यादवको सोमवार दिउँसो मोटरसाइकल लुटिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ