News Category 2076/08/10

बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ

दैनिक समाचारदाता

बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 
    एक बालिकाको चोरीको प्रयासमा दुई भारतीय नागरिक पक्राउ परेको एक महिना नबित्दै पुनः मंगलबार सोही आरोपमा अर्का एक भारतीय नागरिकलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको छ ।  
    पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्यको शिलीगुरी ठेगाना बताउँने ५० बर्षिय बिनोद साह रहेको प्रहरीले जनाएको छ । 
    बंगाली भाषा मात्र बोल्न जान्ने उनी पटक पटक भने आप्mनो ठेगाना फरक फरक बताउने गरेका कारण बास्तविक ठेगाना पत्ता लगाउन कठिन भईरहेको प्रहरीको भनाई छ । यसका लागी अनुसन्धानका क्रममा बंगाली भाषा बुभ्mने स्थानिय एक जनाको सहयोग समेत लिईएको डिएसपी तिलक भारतीले बताए । 
    पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएको जस्तै व्यवहार देखाई रहेको प्रहरीले जानकारी दिएको छ । 
    डिएसपी भारतीका अनुसार घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरको हुन वा बास्तवमै बच्चा चोरी गर्ने काम गर्छन बारे यकिन गर्न अनुसन्धान भईरहेको बताए । प्रहरीले उनको साथबाट एक थान मोबाईल र पुजामा प्रयोग हुने एक थान घण्टी समेत बरामत गरेको छ । 
    मंगलबार बिहान ९ बजे तिर स्थानिय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्ने ५ बर्षिया बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानियलाई शंका लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएका थिए । 
    सप्तरीको विष्णुपुर गाउँपालिका ७ निवासी मनिकलाल चौधरीकी ५ बर्षिया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र एक सय रुपैयाको भारतीय नोट दिएर फकाएर लैजादै गर्दा सरस्वती टोल निजकैबाट स्थानियको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गरको वडा नं. ५ का अध्यक्ष समिर झाले जानकारी दिए । 
    पक्राउ परेका साहलाई आक्रोसित स्थानियबासीले कुटपिट गरी ज्यानै मार्ने अवस्था देखिएपछि प्रहरीलाई खबर गरेको उनको भनाई छ । 
    हाल प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भईरहेको डिएसपी भारतीले बताए । बालिकालाई मंगलबारै पविमाबिका प्रधानाध्यापक अरुण कुमार झाको रोहबरमा उनको अभिभावकको जिम्मा लगाइएको छ । 
    यसअघि गत कातिक १४ गते पनि हनुमाननगर कंकालिनी नगरपालिका ४ स्थित आफनो मामाको घर आँगनमा खेल्दै गरेकी एक ६ बर्षिया बालिकालाई चकलेट र विस्कुटको प्रलोभन दिई साईकलमा राखेर भारततर्फ लैजादै गरको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए । 
    पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० बर्षिय आनन्द गोश्वामी र २२ बर्षिय अमिर झा अहिले पनि अनुसन्धानको शिलशिलामा हिरासतमै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट