News Category 2076/08/11
सीमा सम्बन्धी विवाद कुटनीतिज्ञ वार्ताबाट समाधान गर्नुपर्छ ः राजपा नेता भण्डारी
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले नेपाली भूमी कसैले एक इन्च पनि मिच्न नपाउने भन्दै राज्यद्वारा बनाइएको सन्यन्त्रले सीमा सम्बन्धी विषयलाई समाधान गर्नु पर्ने बताएका छन् ।
चुनावी प्रचार प्रसारको शिलशिलामा सप्तरीको छिन्नमस्ता गाउँपालिका जाने क्रममा बुधबार सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र चौकमा स्व. गजेन्द्र नारायण सिंहको प्रतिमामा माल्यापर्ण पश्चात् संचारकर्मीहरुको जिज्ञासो जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
नेता भण्डारीले भारतीय पक्षले सीमा मिचेको विषयबारे दुई मुलुकले कुटनीतिज्ञ वार्ताबाट समाधान गर्नु पर्ने बताउँदै सीमा विषयमा सडकमा छताछुल्ल पारेर कसैले बिरोध गरेमा त्यो राष्ट्रहीतमा नहुने उल्लेख समेत गरे ।
एक अर्को प्रसङ्गमा पूर्व मन्त्री समेत रहेका भण्डारीले सरकार दुई तिहाइ बहुमतको हुँदा पनि राजनैतिक समस्या समाधानमा ध्यान नदिई अनावश्यक काममै समय खेर फालिरहेका आरोप लगाएका छन् । उनले बर्तमान सरकार राजनैतिक मुद्दा सामाधान तर्फ गम्भीर नभई अन्य काममै अलमलिरहेको टिप्पणी समेत गरे ।
आफ्ना पार्टी लगायत अन्य परिवर्तनकारी शक्तिले उठाएको मुद्दा संविधान संशोधन गरेर सम्बोधन गरिएमात्र देशको राष्ट्रिय राजनीतिक समस्याको समाधान निस्कने उनको भनाई छ । यस्ता विषयलाई अहिले सम्म गम्भीरता पूर्वक सरकारले लिन नसकेको भन्दै सरकार मुठभेड नै चाहेको जस्तौ आभाष भई रहेको उनले बताए ।
हाल प्रधानमन्त्री अस्वस्थ्य भएकोमा स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्रीको स्वास्थ्यसँग मुलुकको स्वास्थ्य समेत जोडिएकोले प्रधानमन्त्रीलाई केही दिन जिम्मेवारीबाट पन्छेर बिरामी बिदा लिन सुझाव समेत दिए ।
राजनीतिक समस्या सामाधानका लागी बलियो बैकल्पिक शक्ति निर्माणको आवश्यकता महसुस गरी राजपा अहिले सोही दिशामा अघि बढेको उनको भनाई छ । अघिकार र पहिचानका लागी संघर्ष गर्ने सबै शक्तिलाई एकै थलोमा ल्याउन राजपाले अगुवाई गरिरहेको र यथास्थितिमा राजपा कुनै पनि हालतमा सरकारमा नजाने उनले स्पष्ट पारे ।
समाजवादी पार्टी सँगको एकिकरणको कुरा कहाँ सम्म पुग्यो भन्ने विषयमा उनले बार्ता विभिन्न चरणमा चलिरहेकोले छिट्टै निष्कर्षमा पु¥याउने प्रयास भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ