News Category 2076/08/11
सप्तरी र सर्लाही फाईनलमा भिड्दै
दैनिक समाचारदाता
रौतहट, ११ मंसिर ।
रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्की (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सप्तरी र सर्लाही भिड्ने भएको छ ।
प्रतियोगिता अन्र्तगत मंगलवारको खेलमा सप्तरीले आयोजक रौतहटलाई ३९ रनले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । सप्तरीले बिहीबार हुने फाइनल खेलमा सर्लाहीसँग भिड्ने छ ।
सम्पन्न खेलमा सप्तरीका कप्तान महवुव आलमले टसजिती पहिलो ब्याटिंग गर्दै बिवेक यादवको आर्कषक ३९ बलमा ४ चौक्का र १ छक्काको मद्धतले ५० रन तथा रोहन बिकले २७ रनको मद्धतले निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई १ सय १२ रनको योगफल तयार पारेको थियो ।
यता बलिंग तर्फ रौतहटका संजय बांगर र रवी साहले सामान २ बिकेट तथा बिकास पटेलले १ बिकेट लिएका थिए ।
१ सय १३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको रौतहटले ७३ रनमै समेटिएको थियो । सप्तरीका कप्तान महवुव आलमले ३ महत्वपुर्ण बिकेट लिएपछि रौतहटको ईनिंग धरासायि हुन पुगेको हो ।
त्यस्तै रोहित सिंह र बिवेक यादवले सामान ३ बिकेट लिई साथ दिएका थिए भने बिवेक यादवले १ बिकेट लिएका थिए । रोहित सिंहले लिएका ३ बिकेट ह्याट्रिक वापत प्राप्त गरेका थिए । सम्पन्न खेलको म्यान अफ द म्याचको पुरस्कार अलराउण्ड प्रर्दशन गरे वापत सप्तरीका बिवेक यादवलाई प्रदान गरिएको थियो ।
गत ५ गते देखि संचालित प्रतियोगिता अन्र्तगत प्रदेश नं. २ का ८ वटै जिल्लाले सहभागिता जनाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ