News Category 2070/02/22
जाहेरी फिर्ता गर्दै एसपीले अभद्र व्यबहार गरेको आरोप
दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
सप्तरीको बकधुवा गाविसमा बालिकासँग बलात्कार भएको घट्नाबारे जिल्ला प्रहरी प्रमुखले उल्टै पीडित पक्षसँग नै अभद्र व्यबहार गरेका छन् । पीडित पक्षका अनुसार बलात्कारीलाई कार्वाही गराउन दिएको जाहेरी फिर्ता गर्दै जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह बस्नेतले अभद्र व्यबहार गरेका हुन् ।
एसपीले गरेको व्यबहारको बिषयमा जानकारी दिन मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पीडितको तर्फबाट पहल गरिरहेकी पारालिगल बकधुवा गाउँ कमिटि अध्यक्ष कुसुम आचार्यले कहिल्यै भेट्न नमान्ने एसपी बस्नेतले सोमबार साँझ दर्ताका लागि दिइएको जाहेरी फिर्ता गरेको बताउनुभएको छ ।
२० दिन अगाडि दिएको जाहेरी दर्ता नगरी त्यसै फिर्ता गर्दै एसपीले ‘आइन्दा यस्तो कामका लागि यहाँ नआउनुस्’ भन्दै फर्काएको आचार्यको भनाई छ ।
‘अन्यायमा परेका महिला तथा बालबालिकालालाई न्याय दिलाउने निकायका प्रमुख नै यस्तो व्यबहार गरेपछि आफू त पीडित भए नै, बलात्कारमा परेकी बालिकाले समेत न्याय पाइनन’ आचार्यले भन्नुभयो, ‘‘पीडित पक्षलाई न्याय नदिलाएर उल्टै धम्क्याउँदै, क्षतिपूर्ती तिर्न भनेपछि पीडित परिवारले कहाँ न्याय पाउँछन ?’’
गत बैशाख २९ गते बकधुवा गाविसकी एक ७ बर्षीया बालिकालाई सोही ठाउँका १२ बर्षीय बालकले बलात्कार गरेका थिए । बालिकाका पिताले आफ्नै घरमा यस्तो कार्य गरेको देखेर ती बालकलाई झापड् हिर्काएका थिए ।
झापड् हिर्काएकै निहुँमा स्थानीय बासिन्दा र प्रहरी समेतले बालिकाका पितालाई थुन्दै कुटपिट वापत रु ३ हजार क्षतिपूर्ती तिर्न दवाव दिएका छन् ।
न्यायका लागि पहल गरिरहनुभएकी आचार्यले न्याय दिलाइदिन सबैसँग माग गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ