News Category 2070/03/10
जग्गा विवादमा निर्घात कुटपिट
दैनिक संवाददाता
राजविराज, ९ असार ।
चालिस बर्षअघि ससुराली पक्षले दिएको जग्गा फिर्ता गर्नुपर्ने माग राख्दै राजविराज नगरपालिकाका एक व्यक्तिलाई निर्घात कुटपिट गरिएको छ । पितालाई ससुरा पक्षले दिएको जग्गा फिर्ता गर्नुपर्ने माग राख्दै ससुरालीकै व्यक्तिहरुले राजविराज नगरपालिका ७ का शेखर चौधरीलाई कुटपिट गरेका हुन् ।
स्थानीय समिर चौधरीको नेतृत्वमा आएका समुहले गत बिहीवार राति चौधरीलाई घर खाली गराउन भन्दै कुटपिट गरेका हुन् । चौधरीकी आमालाई माइती पक्षले दिएको जग्गा फिर्ता गराउन माग गर्दै कुटपिट गरेको पीडित परिवारको भनाई छ ।
आफ्ना ससुरा स्व. बिष्णुलालले दिएको जग्गा अहिले फिर्ता गराउन मामा र उनका छोराहरुले आफ्नो छोरालाई नै कुटपिट गरे शेखरका बुवा राजकिशोर बर्माले भने, ‘‘एकवर्ष अघि पनि शेखरका बुवा, उनका पत्नी सुनितालाई समेत समीरसहितकाले कुटपिट गरेका थिए ।’’
कुटपिटबाट घाइते भएका चौधरीको विगत चार दिनसम्म राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको छ । उनको नाक र टाउकोमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ ।
चौधरीलाई कुटपिट गर्ने ब्यक्तिहरुले हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अहिले उक्त जग्गाको मोल ३० लाख पर्ने भएकाले शेखरका हजुरबुवाको छोरा चन्द्रविनोद र नाति समिरले बारम्बार जग्गा खाली गर्न दवाब दिंदै आएको उनीहरुको भनाई छ ।
जग्गा खाली गर्न चन्द्रविनोदले दुई वर्ष अघि नै खिचौला सम्बन्धी मुद्दा अदालतमा दिएका थिए । र अहिले उक्त मुद्दा मुलतीमा राखिएको शेखरका बुवाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ