News Category 2070/11/22
जनताको पक्षमा संबिधान नबने मुलुक गृहयुद्धमा फस्छ ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, २१ फागुन ।
सप्तरी क्षेत्र नम्बर ३ का सभासद् उमेश कुमार यादवले जनताको मौलिक हकअधिकार सम्पन्न संबिधान जारी नभए मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिनुभएको छ ।
शहिद सप्ताह अन्तर्गत शहिद तथा बेपता परिवार सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभासद् यादवले मुलुकलाई अग्रगामी संबिधान दिने कि बहुआयामिक गृहयुद्धमा फसाउने भन्ने बल काँग्रेस र एमालेको कोटमा रहेको बताउनुभयो ।
अंकगणितीय बहुमतिय प्रक्रियाबाट नभई सहमति र सहकार्यका साथ अघिल्लो संबिधानसभामा भएको सहमतिको स्वामीत्व ग्रहण गरेर सहमति र सहकार्यबाट बाँकी रहेका काम पुरा गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस र एमालेले संबिधानसभामा ह्बीप लगाउने र ककसमाथि प्रतिबन्ध लगाउन खोजीरहेको आरोप लगाउनुहुँदै उहाँले ह्बीप लगाउने र ककसमाथि बन्देज लगाउन काम भए पुनः नयाँ ढंगबाट संबिधान नबन्दै संबिधानसभा बिघटन हुने बताउनुभयो ।
शहिद तथा बेपता परिवार सप्तरीका अध्यक्ष रिता चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा एकिकृत नेकपा माओवादी सप्तरी क्षेत्र नम्बर ३ का संयोजक भागवत यादव, क्षेत्र नम्बर ५ का संयोजक हरिनारायण महतो, शहिद परिवार कबिता ठाकुर, निर्मला भुजेल, कुलानन्द बिश्वकर्मालगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ