News Category 2076/08/12
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
भारतको पंजाबमा अध्ययनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाईका कारण मृत्यु भएको छ ।
चार महिनाअघि उच्च शिक्षा (डिप्लोमा इन्जिनियरिङ) हासिल गर्न भारतको पंजाब राज्यस्थित रिम्ट युनिभरसिटी पुगेका सप्तरीको महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षिय हेमन्त मण्डलको युनिभरसिटी प्रशासनको लापरवाहीले ज्यान गएको परिवारजनले बताएका छन् । उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसो मात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए ।
छोराको मृत्यु खबर सुने लगत्तै उनी केही आफन्त लिएर बिहीबारै त्यसतर्फ हिडेका छन् । घटनाको खबर आएपछि उनको घरमा आफन्त र गाउँलेको भिंड लागेको छ भने परिवारमा रुवावासी चलेको छ ।
सानैदेखी जेहन्दार रहेका उनी इन्जिनियर बन्ने सोच बनाएर कात्तिक १६ गते भारतको पंजाबस्थित उक्त कलेजमा भर्ना भएका थिए । बुधबार दिउँसोेतिर अचानक पेट दुखेका उनलाई सामान्य रुपमा लिँदै युनिभरसिटी होस्टलका वार्डेन मोहन सिंहले उपचारका लागि बाहिर लैजान ढिलाई गरेको हेमन्तका साथीहरुलाई उद्धृत गर्दै बुबा बलरामले बताए ।
त्यहा रहेका छोरा हेमन्तका साथीहरुले फोन गरेर यस्तो जानकारी गराएको बताउँदै उनले भने सोही कारणले युनिभरसिटीमा आक्रोसित विद्यार्थीहरुले तोडफोड समेत गरेको खबर प्राप्त भएको छ । गहभरी आँसु पार्दै बलरामले भने, “छोरा इन्जिनियर बनेर आउछु भनेर हिडेका थिए, तर यस्तो विपत्तिपूर्ण खबर प्राप्त भयो ।” उनले छोराको रहस्यम मृत्यु बारे छानबिन गर्न नेपाल सरकारबाट भारतीय सरकारसमक्ष आवश्यक पहलका लागि पनि सबैसँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ