News Category 2076/08/13
खाद्य अनुज्ञापत्र नलिएको आईसक्रिम उद्योगमा शिलबन्दी
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
राजबिराज ६ स्थित निर्मला आईसक्रिम तथा वरफ उद्योगमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजले शिलबन्दी गरेको छ ।
सो कार्यालयबाट खटिएको अनुगमन टोली शुक्रवार खाद्य अनुज्ञापत्र नलिई उद्योग संचालन गरेको र खान नहुने बस्तु प्रयोग गरेको भन्दै तत्काल उत्पादन र बिक्री बितरण रोक्का गरी खाद्य अनुमति नलिए सम्मका लागि वरफ उद्योगमा शिलबन्दी गरिएको जनाइएको छ ।
आईसक्रिम र वरफ बनाउनका लागि प्रयोग गरिएको साईक्रृन पाउडर जुन चिनी भन्दा पनि २६ गुणा गुलियो हुने तर शक्ति हिन हुने कारण स्वास्थका लागि बिषादी हुने गरेको खाद्य प्रबिधि गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश कुमार सिहले जानकारी दिएका छन् ।
बच्चाहरूले अत्यधिक गुलियो मनपराउने भएकोले ब्यापारीहरूले चिनी प्रयोग गर्नुको सट्टा साईकृन पाउडर, अखाद्य रंग प्रयोग गरेका हुनाले तत्काल उद्योग बन्द गर्न निर्देशन दिइएको खाद्य बिज्ञ सिहले बताए ।
यसैगरी राजबिराज ६ स्थित अर्का एक आईसक्रिम तथा वरफ उद्योग समेत अनुमति बिना संचालन भइरहेको पाइएकोले अनुमति लिएर मात्र संचालन गर्न निर्देशन दिदै तत्कालका उत्पादन र बिक्री बितरण बन्द गरिएको बिज्ञ सिंहले जानकारी दिए ।
त्यस्तै राजविराज ६ स्थित एक मिष्ठान भण्डारबाट अबैध परमात्मा तेल ३ लिटर, म्याद गुज्रेको चिसो पेय पदार्थ ४ बोतल, हाईड्रो १ प्याकेट नियन्त्रणमा लिएर नष्ट गरिएको उदोग बाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साहले जानकारी दिएका छन ।
त्यस्तै राजबिराज सिरहा रोडस्थित एक चिया तथा नास्ता पसलमा २ प्याकेट हाईड्रो, म्याद नाघेको १० वटा पेपसी बोतल जफत गरी नष्ट गरिएको छ ।
यसैगरि राजबिराजकै दर्जनौ किराना पसल तथा मिठाई र नास्ता पसलमा पकाईएको मिठाई तथा नास्ता, खानालाई छोपेर नराख्ने, म्याद नाघेको खानेकुरा राखेको स्थानलाई सरसफाईमा ध्यान नदिएको, पकाउदा खेरी कर्मचारीले क्याप र एप्रोन नलगाइएको पाईएकोले एक पटकका लागि सचेत गराईएको टोलीका सदस्य राष्ट्रिय उपभोक्ता मंचका राजकुमार गुप्ताले जानकारी दिए ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजबिराजको कार्यालय प्रमुख सुरेश कुमार सिंहको नेतृत्वको टोलीमा जिल्ला प्रशासन कार्यालयका सुशील कर्ण, राजबिराज नगरपालिका प्रतिनिधि संगिता परियार, राष्ट्रिय उपभोक्ता मंच अध्यक्ष राजकुमार गुप्ता, उदोग वाणिज्य संघका उपाध्यक्ष गौरीशंकर साह, पत्रकार चन्दनकुमार यादब, अरूण यादबसहितको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ