News Category 2076/08/13
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
सात उम्मेदवार मध्ये एकको आज भाग्य फैसला हुदै
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा वडा अध्यक्ष पदका लागि आज हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
निर्वाचनका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिएका छन् । जस मध्ये पहिलो घेरामा नेपाली सेना, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो तथा मतदानस्थल भित्र सुरक्षार्थ नेपाल प्रहरीलाई परिचालन गरिएको उनले बताए ।
यस्तै जिल्ला सुरक्षा समिति सप्तरीले निर्वाचनका लागि मंसिर ११ गते राती ८ बजेदेखी मंसिर १५ गते सम्म सम्पूर्ण छिन्नमस्ता गाउँपालिका क्षेत्र र विष्णुपुर गाउँपालिका वडा नं. ७ क्षेत्र भित्र मदिरा बिक्रि, बितरण, उत्पादनलाई पूर्ण रुपमा बन्देज लगाएको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
यसैगरि मतदान हुने दिन मंसिर १४ गते बिहान ५ बजेदेखी मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिए बमोजिमको अनुमति प्राप्त र आकस्मिक सेवा सम्बन्धी सवारी साधनहरु बाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टीको भागमा सवारी आवगमनमा बन्देज समेत लगाएको उनले जानकारी दिए ।
२०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा राजपाबाट वडाध्यक्ष पदमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । सो वडामा ६ सय ४६ महिला तथा ७ सय ५७ पुरुष गरी कुल १ हजार ४ सय ३ मतदाता छन् ।
उपनिर्वाचनका लागि छिन्नमस्ता ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा क र ख गरी दुई मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सप्तरीको एक मात्र स्थानमा निर्वाचन हुन गइरहेको सो वडा अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित ७ जना उम्मेदवार मध्ये एकजनालाई मतदाताले आफ्नो मत मार्फत योग्य जनप्रतिनिधलाई चयन गर्दैछन् ।
वडा अध्यक्ष पदका लागि राजपा र समाजवादी पार्टीका तर्फबाट साझा उम्मेदवार प्रमिला देवी यादव, नेकपाबाट अच्छेलाल यादव, नेपाली काँग्रेसबाट शिवनारायण मण्डल, सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट दिनेशकुमार यादव, राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र स्वतन्त्र उम्मेदवार नुरहुसन मंसुरीको उम्मेदवारी परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ