News Category 2076/08/15
सप्तरीको छिन्नमस्तामा ७ मा पुनः राजपा
राजविराज÷सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा वडाध्यक्ष पदका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा राजपा बिजयी भएको छ ।
जिल्लाको एक मात्र स्थानमा भएको उक्त निर्वाचनमा राजपा र समाजवादी पार्टीकी संयुक्त उम्मेदवार प्रमिलादेवी यादवले ५ सय ४० मत प्राप्त गरी बिजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नेकपाका अच्छेलाल यादवले ५ सय २९ मत प्राप्त गरे ।
मतगणना सुरु भए लगत्तै आउँदै गरेको मतपरिणाममा दुबैबीच निकै प्रतिष्पर्धा देखीएको थियो । दुबैबीचको अन्तर ५ देखी १० मत मात्रको रहेको थियो । सुरुदेखी नै दुबैबीच निकै कडा प्रतिष्पर्धा हुने अनुमान गरिए अनुसार नै मत परिणाम आएको हो ।
यसअघिको २०७४ सालमा यस वडामा सम्पन्न निर्वाचनमा पनि राजपाकै उम्मेदवार प्रभाकर यादवले झिनो ८ मत अन्तरले अच्छेलाल यादवलाई नै पराजित गरेका थिए ।
संयोगवस यस पटक पनि अच्छेलाल प्रभाकरकी श्रीमती प्रमिलादेवी सँग पनि ११ मत अन्तरले पराजित भएका छन् । गत निर्वाचनमा अच्छेलाल स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए भने यस पटक उनलाई नेकपाले उम्मेदवार बनाएको थियो ।
यस्तै मतपरिणाम अन्ुसार काग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश कुमार यादवले ११ मत प्राप्त गरेका छन् । त्यस्तै १५ मत बदर समेत भएको थियो ।
यसअघि शनिबार बिहान ७ बजेदेखी ५ बजेसम्म भएको निर्वाचनमा ८० प्रतिशत मतदान भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार ८० प्रतिशत मत खसेको छ । १ हजार ४ सय ३ मतदाता रहेकोमा १ हजार १ सय १४ मतदाताले मत खसालेका थिए । छिन्नमस्ता ७ हाटी स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा बनाईएको क र ख गरी २ केन्द्रमा मतदाताहरुले उत्साहपूर्ण मतदान सम्पन्न भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शान्तिपूर्ण रुपमा र व्यापक सहभागीता देखाएको भन्दै मतदातालाई धन्यवाद दिएको छ ।
२०७४ सालमा सम्पन्न स्थानिय निकायको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको सो पदमा उपनिर्वाचन भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ