News Category 2076/08/17
शारिरीक रुपमा असक्त भएकी पुष्पा पढ्न चाहन्छिन
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुरकी पुष्पा चौधरीको दुई महिनाकी हुँदा घुडा भन्दा मुनतीरको दुवै खुट्टा चल्दैन । उनको दुबै खुट्टाको भाग दोब्रीएर शारिरीक अपाङता भएकी छिन् ।
अहिले पुष्पाको उमेर २९ वर्ष पुगेको छ । अविवाहीत नै रहेकी छिन् । पुष्पाले जसोतसो कक्षा ५ सम्म पढेकी छिन् उनको अहिले पनि पढ्ने धोको छ । तर, आर्थिक र शारिरीक कारणले पढाई रोकिएको हो ।
उनका बुबा कालिकान्त साहु महाजनसँग ऋण लिएर छोरी पुष्पाको धेरै ठाउँमा उपचार पनि गराए । तर निको हुन सकेन् । उनले गाउँमा धामीझाक्री लगायत अनेक उपाय पनि गरे । तर कुनै लाभ भएन ।
दुई वर्ष अघि कालिकान्त आफैपनि दुर्घटनामा परेर एउटा खुट्टा गुमाउन पुगे । जसकारण छोरीसँगै उनीपनि अब घरको कोठामा सिमित भएका छन् ।
मंगलबार राजविराजमा २८ औँ अन्तरराष्ट्रिय अवाङता दिवसको अवसरमा आयोजित कार्यक्रममा बाबु छोरीले आर्थिक अभावमा थप उपचार गराउन नसकेको लाचारि सुनाउदै सहयोगका लागि सवैसँग याचना गरेका छन् । बृद्ध बुवा कालिकान्तले आप्mनो भन्दापनि छोरी पुष्पाको उपचार र पढाईका लागि सहयोग चाहिएको ईच्छा व्यक्त गरे ।
यता पढने चाहना हुँदा हुदै हिडडुल गर्न कठिन र आर्थिक समस्या दुवैले गाँजेपछि मनको धोको मनमै मर्दै गएको पुष्पाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ