News Category 2076/08/17
स्थानिय व्यापारीद्वारा बजार अनुगमन टोली बिरुद्ध प्रदर्शन
चन्दनकुमार यादब
राजविराज, १७ मंसिर ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनलाई तिब्रता दिएपछि स्थानिय ब्यापारीहरूले बिरोध गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र राजबिराज नगरपालिका उपप्रमुख साधना झाको नेतृत्वमा निस्केको अनुगमन टोलीलाई मंगलबार राजविराजका ब्यापारीहरूले बिरोध गरेका हुन् ।
कुनौली भंसार लगायतका नाकामा खुलेआम तस्करी भईरहेकोले खुल्ला सिमानामा कुनै तस्करीलाई नियन्त्रण नगरून्जेल राजबिराजमा बजार बन्द गर्नुपर्ने व्यापारीहरुले माँग गरेका छन् ।
भारतीय सीमासँग जोडिएको सप्तरीको विभिन्न नाकाहरुबाट व्यापक तस्करी भईरहेकोमा त्यसतर्फ प्रशासन निरिह बनेको स्थानिय ब्यापारी अमृत संचेतीको आरोप छ ।
जिल्लाको भारदह, कोशी ब्यारेज, कुनौली, छिन्नमस्ता, पातो, बोदेबर्साइन र मौवाहा बेल्ही नाकाबाट दैनिक लाखौ बराबरको सरसमान चोरी–तस्करी खुल्लेआम भईरहेको संचेतीको भनाई छ ।
त्यस्तै हरेक नाकामा भंसार कार्यालयको भंसार असुली न्यून रहेको, बेल्हीस्थित राजविराज भंसार कार्यालयको मिलोमतोमा ठुला ब्यपारीले तस्करी गरेको कारण यहाँको व्यापार अबस्था नाजुक बन्दै गएको स्थानिय ब्यपारी प्रदिप साहको बताउँछन् ।
यसैगरि बिभिन्न नाकाहरुबाट संगठित रुपमा तस्करहरु केही समय यता सक्रिय रुपमा संजाल बनाई गाउँस्तरसम्म प्रहरीकै संरक्षणमा तस्करी भईरहेको स्थानिय ब्यपारीहरूको आरोप छ ।
यता बजार अनुगमन टोलीले नेशनल ड्रग फार्मेसी भित्र रहेको ल्यावमा म्याद नाघेको केमिकल, ल्याव संचालन गरेको ल्यावको अनुमति पत्र, ल्याव टेक्नेसियनसँग प्रमाणपत्र, ल्यावको उचित ब्यबस्थापन हुन नसक्दाँ तत्काल ल्याव बन्द गर्न निर्देशन दिएको खाद प्रबिधि कार्यालय प्रमुख सुरेश कुमार सिंहले जानकारी दिएका छन ।
यस्तै बालबिशेषज्ञ डा. तिर्थ नारायण कर्णको क्लिनिकमा संचालनमा रहेको ल्यावमा उचित सरसफाई नभएको भन्दै ७ दिन भित्र आबश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । सेफ डाइग्नोसिस, राजबिराज फार्मेसी, बिबेक फार्मेसीलगायतका दर्जनौ औषधी पसल तथा क्लिनिकहरूको अनुगमन गरी आबशयक निर्देशन समेत दिएको अनुगमन टोलीका सदस्य सुशील कर्णले बताए ।
यसैगरी मिनि मार्केटस्थित हक स्टोरमा सनसिल्क स्याम्पु, पण्ड्सको बडी लोसन, प्यान्टिन स्याम्पु, भेसलिन लगायतका कस्मेटिक सामग्रीको मुल्य अंकित स्थानमा आफ्नो मुल्य अंकित स्टिकर टाँसेर बिक्रि गरेकोले स्याम्पलका लागि केही कस्मेटिक सामानहरू नियन्त्रणमा लिई ७ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको अनुगमनकर्ता सुरेश कुमार सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ