News Category 2076/08/20
आगलागिबाट दश लाख बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ३ पोर्ताहास्थित चार घरमा बिहीबार आगलागि हुँदा १० लाख बढीको क्षति भएको छ ।
स्थनिय शिवनरायण भिन्दारको घरमा बिद्युत सर्ट भई छिमेकीहरु मनोज पघैया, बिनोद पघैया र श्याम शर्माको घर समेतमा आगलागि हुँदा १० लाख २३ हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो आगलागिबाट शिबनारायणको बासको टाँटी र टिनको छानो भएको एकतल्ले घर पुर्णरुपमा जलेको, छिमेकीहरु मनोज पघैयाको बास र टिनबाट बनेको एक तल्ले घर, बिनोद पघैयाको बाँस र खरको छानो भएको फुसको घर र श्याम शर्माको बाँस र खरको छानो भएको घर पुर्णरुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलाई ईलाका प्रहरी कार्यालय भारदहबाट खटेको प्रहरी टोली, स्थानिय, सशस्त्र प्रहरी, बारुणयन्त्रको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ