News Category 2076/08/21
मोवाईल हराएमा प्रहरीमा उजुरी दिनुस्, भेट्न सक्छ
चन्दनकुमार यादब
राजबिराज, २० मंसिर ।
मोवाईल हराएपछि हामी सकेसम्म आफै खोज्ने प्रयत्न गर्छौ या त एक दुई दिनसम्म तनाव लिन्छौँ अनि पनि भेटिएन भने त्यसलाई विर्सेर नयाँ मोवाईल खरिद गछौँ ।
तर, मोवाइल हराएमा प्रहरीमा उजुरी दिने बारे हामी कमै सोच्छौं । यदी मोवाईल हराएमा प्रहरी समक्ष उजुरी दिएमा हराएको मोवाइल भेटिन पनि सक्छ ।
पछिल्लो समय सप्तरीमा मोवाईल हराएपछि प्रहरीमा उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । प्रहरीले करिब डेढ दर्जन हराएका मोवाईल फेला पारेपछि उजुरी दिनेको संख्या बढ्न थालेको हो । जस कारण हराएका मोवाईल खोज्नका लागि प्रहरीको एक समुह नै बनाइएको छ ।
जिल्ला र जिल्ला बाहिरका नागरिकहरुले अहिले प्रहरी कार्यालयमा आफ्नो हराएका मोवाईलको आइएमईआई कोड उल्लेख गर्दै निवेदन लिएर पुग्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले झण्डै साढे तिन लाख बराबरको हराएका १८ थान मोवाईल सेट खोजेर सम्बन्धित व्यक्तिलाई बुझाईसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए । उनले राजबिराज नगरपालिका ३ निवासी अशोक कुमार साह, राजबिराज ७ का सुनिता राय, राजबिराज ५ का बिरेन्द्र यादब, डाक्नेश्वरी ८ का रोशन साह, रूपनी गाउपालीका ६ का भुमिका अधिकारी लगायतको विभिन्न कम्पनिका मोवाईलहरु फेला पारि सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण समेत गरिसकेको बताए ।
एक महिना अघि घरबाटै चोरी भएको मोवाईल प्रहरीले फेला पारेपछि राजबिराज नगरपालिका ३ निवासी अशोक कुमार साहले भने, “हराएको मोवाईल प्रहरीले भेटाउन सक्छ भन्ने थाहा पाएपछि मैले पनि प्रहरीमा निवेदन दिए र केहि दिनमै मोवाइल भेटिएको खवर पाउँदा खुसी छु ।”
मोवाईल हराएपछि प्रहरी कार्यालयमा निवेदन दिएकाहरुको मोवाईल आइएमईआई कोड मार्फत पत्ता लगाई काठमाडौं, धरान, राजबिराज लगायत जिल्लाको विभिन्न ठाँउ लगायत अन्य क्षेत्रबाट बरामद गरिएको डिएसपी भारती बताउँछन् । मोवाईल भेटिए पनि अन्य सीम राखी मोवाईल प्रयोग गर्ने गरेको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आ.ब. २०७५÷०७६ मा १ सय ८१ वटा मोवाईल हराएको निवेदन दिएको मध्येबाट १८ वटा मोवाईल फेला परेको प्रहरीको तथ्याङ्कले देखाएको छ । बाँकी हराएको मोवाईल खोजी कार्य जारी रहेकोले मोवाईल हराएको पाउने ब्यक्तिले त्यस मोवाईलमा अर्काे सिम प्रयोग नगरून्जेल बाँकी रहेको मोवाईल पत्ता लगाउन समस्या भएको डिएसपी भारतीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ