News Category 2076/08/22
जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह
राजविराज÷प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले देशमा संघीयता आएपनि जनताले अझै संघीयताको अनुभूती गर्न नपाएको बताएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित लोखरममा शनिवार आयोजित कार्यकर्ता भेंटघाट एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले देशमा संघीयता आयो तर, त्यसको अधिकार संघमै निहित रहेकोले सोका लागि अझ संघर्ष गर्नु पर्ने उल्लेख गरे ।
मन्त्री साहले प्रदेश सरकार नीति निर्माणको कामलाई प्राथमिकताका साथ अगाडी बढाइसकेकोले प्रदेश सरकारले चाँडै प्रदेश प्रहरी भर्ना तथा लोकसेवा आयोगलाई पूर्णता दिई कर्मचारी भर्ना आह्वान गरिने जानकारी दिए । उनले प्रहरी र लोकसेवामा पचास प्रतिशत महिलाको सुनिश्चितता समेत गरिएको बताए ।
प्रदेश सरकारले कृषि क्षेत्रलाई लक्षित गरी विभिन्न योजनाहरु ल्याउन लागेको जानकारी दिँदै उनले “खेतखेतमा पानी, घरघरमा रोजगारी” भन्ने अभियानलाई मूर्त रुप दिई कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन अगाडि बढेको उल्लेख गरे ।
सिंचाईका लागि कोशी कमला मरिन सिंचाई डाइभर्सन निर्माण प्रक्रिया अगाडि बढेको, बाह्रै महिना पानी रहने नदीहरुबाट सिंचाईको व्यवस्था गरिने, डिप बोरिङ्ग, स्यालो ट्युवेल, कुलो, पैनी निर्माण कार्यलाई अगाडि बढाईएको समेत उनले जानकारी दिए ।
वर्तमान राजनीतिक परिवेशमा वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी स्थापित भईरहेको उनले दाबी समेत गरे । अबको संघर्षपूर्ण अधिकार सम्पन्न संघीयता र संविधान संशोधनकालागि समाजवादी पार्टी अगाडी बढ्ने उनले जिकिर गरे ।
समाजवादी पार्टीका प्रदेश २ का मुख्य सचिव शम्भु झाले देशैभरि समाजवादी पार्टीप्रति जनलहर बढ्दै गएकोले देशकै ठूलो पार्टीको रुपमा स्थापित हुन लागेको बताए ।
पार्टीका महेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु चित्तनारायण यादव, विनोद कुमार चौधरी, अशोक कुमार यादव, भीमराज यादव, मधेश प्रदेश समितिका सदस्य युसुफ अली, पार्टीका सप्तरी जिल्ला ईञ्चार्ज सत्यनारायण यादव, विद्यार्थी नेता तारकेश्वर यादव, स्थानीय नेताहरु जवाहर यादव, सुरेन्द्र यादव, राधेश्याम यादव, उमेश साह, मिश्रीलाल साह, वदिलाल दास, प्रमोद यादव, जिवछ मण्डल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा छिन्नमस्ता गाउँपालिका स्थानीय विनोदानन्द ठाकुरको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय जनता पार्टी लगायतका ५१ जना पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र समाजवादी पार्टीका मधेश प्रदेशका मुख्य सचिव शम्भु झाले फूलको माला र टिका लगाएर स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ