News Category 2076/08/22
एकाइस पाउण्ड रगत संकलन
राजविराज÷लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समिति, सप्तरीको कार्यक्रम अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा शनिबार राजविराजमा रक्तदान कार्यक्रम गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चोकमा आयोजित रक्तदान कार्यक्रममा २१ पाउण्ड रगत संकलन भएको रक्तसञ्चार केन्द्र राजविराजका दिलिप यादवले जानकारी दिएका छन् ।
इन्सेक सप्तरी प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षता एवं प्रदेश २ लोकसेवा आयोगकी सदस्य प्रा. डा. सुजाता देवको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति उद्धव न्यौपाने, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, अधिवक्ता पार्वती राउत, एकल महिला समूहकी गीता पाण्डे, पत्रकारहरू अर्जुन साह, अम्बिका दाहाललगायतले रक्तदान गरेका थिए ।
त्यस्तै पंकज सरकार, रामनारायण मण्डल, राघव पोखरेल, विशाल मिश्र, पिताम्बर यादव, दिपककुमार देव, जिल्ला प्रहरी कार्यालयका गोकुल परियार, रामकुमार वर्मा, सशस्त्र प्रहरी गणका सुरेश राई, टेकलाल बिरकट्टा, सप्तरी जिल्ला अदालतका विक्रम भुजेल, सन्दिपकुमार मेहतालगायतले रक्तदान गरेका थिए ।
सो अवसरमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उच्च अदालत बार एकाई राजविराजका सदस्य पार्वती राउत, अधिवक्ता मनु खनाललगायतले रक्तदान र मर्यादित महिनावारीका विषयमा मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ