News Category 2076/08/22
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको राजविराजमा बन्द प्रशिक्षण सुरु
राजबिराज÷एमएम कप प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ का खेलाडीहरूको तीन दिने बन्द प्रशिक्षण राजविराजमा सुरु भएको छ ।
प्रदेश २ क्रिकेट संघको आयोजना तथा सप्तरी क्रिकेट संघको संयोजनमा शुक्रवारदेखि तीन दिने खेलाडीहरूको बन्द प्रशिक्षण सुरू भएको हो ।
सो बन्द सत्रमा प्रदेश २ अन्तर्गत सप्तरी सहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीको सहभागिता रहेको सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरीले जानकारी दिएका छन ।
स्थानिय पबि माबिको खेलमैदानमा संचालित ४१ जना खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को क्रिकेट टिम छनौट गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।
उक्त बन्द प्रशिक्षणबाट पुस १५ गतेदेखि प्रदेश १ को सुनसरीको ईनरूवामा हुन गईरहेको एमएम कप एकदिवसिय ५०÷५० ओभरको प्रतियोगितामा प्रदेश २ को क्रिकेट टिमलाई सहभागिता गराईने छ ।
सो बन्द प्रशिक्षणमा सप्तरीवाट महबुव आलम, बिबेक यादब, रोहित सिंह, बिकास दास, उपेन्द्र राय र आशिष झा परेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ