News Category 2076/08/23
राजविराज नपाका हाकिम डेढ महिना बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
नवीनकुमार गुप्ता
राजविराज, २२ मंसिर ।
राजविराज नगर कार्यपालिकाको कार्यालय अहिले हाकिमबिहीन बनेको छ । यता हाकिम बिहीन बनेको नगरपालिकामा आइतबार मेयर, प्रमुख प्रशासकीय अधिकृतसहित तीन अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित रहेका थिए ।
लामो समयदेखी राजविराज नगरपालिकामा हाकिम नआउने गरेकाले कार्यालयबाट दिइने सेवाहरु प्रभावित बन्न पुगेको छ ।
हाकिमको रुपमा रहेका प्रमुख प्रशासकीय अधिकृत श्यामकुमार सिंह झण्डै डेढ महिनादेखी कार्यालय आएका छैनन् । उनी आफुखुशी कार्यालय आउने गरेको कर्मचारी तथा सेवाग्राहीहरुको भनाई छ ।
लामो समयदेखि कार्यालय प्रमुख सिंह कार्यालय नआउँदा राजविराज नगरपालिकामा आर्थिक कारोबारको साथै विभिन्न योजना छनौटको काम पनि प्रभावित हुन पुगेको छ ।
गत साउनदेखि अहिलेसम्म भण्डै चार महिनामा उनी २९ दिन मात्रै कार्यालय आएको हाजिरी पुस्तिकाले देखाएको छ ।
साउन, भदौ र असोज महिनामा समेत अधिकांश दिन उनी कार्यालय आएनन् । उनी कार्तिक महिनामा एक दिन पनि कार्यालय आएनन् भने मंसिर महिनाको २२ गतेसम्म पनि उनी कार्यालयमा उपस्थिति भएका छैनन् ।
यता नगरपालिकाका मेयर शम्भु प्रसाद यादव पनि विगत पाँच दिनदेखी राजविराज बाहिर छन् । प्रशासकीय अधिकृत सिंह नहुँदा निमित्त प्रमुखको जिम्मेवारी पाएका अर्का अधिकृत मनोज यादव पनि आइतबार कार्यालयमा उपस्थित भएनन् । कार्यालय श्रोतका अनुसार उनी पनि बिदामा बसेका छन् । त्यस्तै अर्का अधिकृत प्रफुल्ल श्रेष्ठ समेत विदामा बसेका छन् । यसैगरि लेखापाल शत्रुधन दास पनि विदामै छन् ।
नगरपालिकामा तीन अधिकृत नहुँदा अहिले लेखा अधिकृत उमाशंकर यादव कार्यालयको निमित्त प्रमुख भएका छन् ।
आइतबार सामाजिक सुरक्षा भत्ता वापतको रकम लिन आएका दर्जनौं बृद्धबृद्धाहरु बैंक र राजविराज नगरपालिकाको लापरवाहीका कारण निरास भई घर फर्केका थिए । राजविराज नगरपालिकाको १६ वटै वडाका अधिकांश बृद्धृबद्धाहरुको राष्ट्रिय बाणिज्य बैंकमा खाता रहेको छ । साउनदेखी कात्र्तिकसम्म चार महिनाको एकमुष्ट रुपले पाउने १२ हजार रकम सो बैंकले प्राविधिक कारण भन्दै आइतबार उनीहरुलाई घर फर्काएका छन् ।
यता नगरपालिकाका सामाजिक शाखाका नायब सुब्बा अजय साहले सम्बन्धित बैंकमा सामाजिक सुरक्षा भत्ता वापतको रकम गइसकेको जानकारी दिदै बितरण नहुनको कारण भने आफूलाई थाहा नभएको बताए छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ