News Category 2076/08/24
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका वडा नं. ४ बनौलीमा उच्च प्रविधिसहितको आयुर्वेद औषधालय सोमबारदेखी संचालनमा आएको छ ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित ”प्रसबनी आयुर्वेद औषधालय भवन” को उद्घाटन गर्दै औषधालयबाट अग्नीसाईकर कृष्णाशवरण गाउँपालिका तथा आसपास क्षेत्रका साथै प्रदेश १ र प्रदेश २ का जनता पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।
उनले तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोकै पालामा औषधालय निर्माण गरिने निर्णय भएको जानकारी दिदै प्रदेश २ सरकारले पनि जनताको घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने नीतिलाई प्रभावकारी ढंगले अगाडी बढाएको बताए ।
औषधालय भवन निर्माणका लागी स्थानिय राजकुमार यादवले आप्mना बुवा डम्बर र आमा बोदि देवीको नाममा लाखौं मुल्य पर्ने डेढ कठ जग्गा निशुल्क प्रदान गरेका हुन् । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सहयोगमा गत २०७५ बैशाख २६ गते देखि सघन सहरी तथा भवन निर्माण आयोजनाको रेखदेख र अख्तियारीमा निर्माण कार्य सुरु गरिएको थियो ।
डेढ कठ क्षेत्रफलमा मुल्य अभिबृद्घिकर (भ्याट) बाहेक १ करोड ४५ लाख रुपैयाको लागतमा निर्माण भएको २ तल्ले भवनमा विरामी जाँच कक्ष, सिरोधारा कक्ष, पञ्चकार्य कक्ष, औषधी वितरण कक्ष लगायतका गरी १४ कोठाको भवन छ ।
औषधालय भवन निर्माणको ठेक्का पाएका कोशी एण्ड न्यौपाने कम्पनीले तोकिएको म्याद अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख रमेश थिङ्गले जानकारी दिए ।
कृष्णाशवरण गाउँपालिकाका अध्यक्ष प्रशुराम चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रदेश २ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री राम नरेशराय यादव, राजपाका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह लगायतको पनि उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ