News Category 2076/08/24
महबुबको नेतृत्वमा प्रदेश २ क्रिकेट टोली चयन, सप्तरीबाट महबुवसहित बिवेक र आशिष टोलीमा पर्न सफल
दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
महबुब आलमको नेतृत्वमा १४ सदस्यीय प्रदेश २ को क्रिकेट टोली सोमबार राजविराजमा चयन भएको छ । सो टोलीमा सप्तरीका आलमसहित बिवेक यादव र आशिष झा समेत पर्न सफल भएका छन् ।
राजबिराजमा तीनदेखि संचालित प्रदेश २ का खेलाडीहरूको बन्द प्रशिक्षणबाट प्रदेश २ को सिनियर क्रिकेट टिम छनोट गरिएको हो ।
टिममा महबुब आलम (कप्तान), सुरज पटेल (उपकप्तान), हरि शंकर साह, सुधिर चौधरी, विशाल सुशलींग, हासिम अंसारी, तिर्थ दास, आशिष झा (विकेटकिपर), अभिनाष अधिकारी, रूद्र प्रताप सिँह, बिवेक यादब, आदिल अंसारी, समसाद शेख, कुमार थापालाई चयन गरिएको प्रदेश सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन । यसैगरी बैकल्पिक खेलाडीहरूमा रूपेश सिँह, अंशु कडेल र रौनक रत्नलाई चयन गरिएको छ ।
बन्द सत्रबाट छनोट भएका प्रदेश २ क्रिकेट टिमले यही पुस १५ गते देखि प्रदेश नं. १ को सुनसरीको ईनरूवामा हुन गईरहेको मनमोहन स्मृति एकदिवसिय क्रिकेट (५०÷५० ओभर) को प्रतियोगितामा सहभागिता जनाउने प्रदेश सचिव श्रेष्ठले बताए ।
प्रदेश २ अन्तर्गत सप्तरीसहित रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सर्लाही गरी ८ वटै जिल्लाको ४१ जना खेलाडीहरू बन्द सत्रमा प्रतिनिधित्व गर्दै अभ्यास गराईएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ